ठेक्का लागेको आठबर्षमा पनि काम नगरेपछि आठराई त्रिबेणी गाउँपालिका निर्माण कम्पनी बिरुद्ध एक्सनमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १३ । ठेक्का लिएको ८ बर्ष सम्मपनि पुल निर्माणले आसातित गति नलिएपछि ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका लिम्बूनी पुल निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीसंग एक्सनमा उत्रिएको छ ।
दर्जनौं पटकका अनुगमन र कामलाई तीव्रता दिन गरिएको आग्रह निर्माणको जिम्मेवारी पाएको एम÷एस÷सपना÷याक्थुङ जेभीले वेवास्ता गरेको भन्दै आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले निर्माण कम्पनीका प्रतिनिधि तेजबहादुर कुरुम्बाङलाई निर्माणस्थलबाट फोन गर्दै‘काम चोर प्रवृत्ति सच्याउन चेतावनी दिनु भएको छ ।‘म सहितका सरोकारवालाले पटक–पटक अनुगमन र काम अघि बढाउन दबाब दिँदा निर्माण कम्पनी काम अघि बढाउने प्रतिबद्धतामा जानुको साटो उल्टै रवाफीपनमा उत्रिएपछि बाध्य भएर एक्सनमा जानु परेको हो’पालिका अध्यक्ष पोमूले भन्नुभयो । काम अलपत्र पारेको बिषयमा पोमू र निर्माण कम्पनीका प्रतिनिधि कुरुम्बाङबिच नोकझोक नै चलेको छ ।
एम÷एस÷सपना÷याक्थुङ जेभीले पाँचथरको हिलिहाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका जोड्ने तमोर नदी माथिको लिम्बूनी पुल निर्माणको जिम्मेवारी पाएको करिव आठबर्ष भएको छ । पुल नबन्दा ताप्लेजुङ,पाँचथर र तेह्रथुम गरी तीन जिल्ला जोड्ने सडक समृद्धि नै रोकिएको पालिका अध्यक्ष पोमू बताउँनुहुन्छ ।‘आठबर्ष सम्म काम अल्लारेर बस्ने ? यस्ता गलत प्रवृत्ति अब रोकिनु पर्छ’पालिका अध्यक्ष पोमूले अबको एक्सन कानुनी र प्राविधिक दुबै हिसावले सुरु हुने संकेत गर्नुभयो । पोमूले कार्ययोजना सहित तत्काल काम अघि बढाउने प्रतिबद्धता व्यक्त नगरे आफुहरुको अबको यात्रा निर्माण कम्पनी र कम्पनीका मुख्य जिम्मेवारबिरुद्ध लक्षित हुने बताउनुभयो ।
‘जिम्मा लिएको काम पूरा नगर्ने र अलपत्र पार्ने प्रवृत्तिका निर्माण व्यवसायीका कारण समग्र निर्माण व्यवसायी माथि नै गलत भाष्य स्थापित हुन खोजिरहेको छ’पोमूले भन्नुभयो । ‘अब यस्ता गलत प्रवृत्ति कुनैपनि तहका सरकारकाले सहदैन,सहनुहुन्न’ । योजना प्रभाावित क्षेत्रको स्थानीय सरकारको प्रमुखका हैसियतमा आफुहरुले गरिरहेको पहलको वेवास्ता नगर्न समेत पोमूले चेतावनी दिनु भएको छ ।
वारिपट्टि पाँचथरको आङ्बुहाङ,पारिपट्टि ताप्लेजुङको निघुरादिन हुँदै तेह्रथमुको ह्वाकुतर्फ प्रवेश गर्ने स्थल यही हो । पक्की पुल नहुँदा अहिले आङ्बुङ र निघुरादिन प्रवेशमार्गमा पक्की पुल बन्ने स्थान नजिक रहेको झोलुङ्गे पुल माध्यम बनेको छ । आङ्बुङवारि निघुरादिनतर्फबाट दोभानसम्म जाने गरी तमोर करिडोरको सडकको ट्रयाक ओपन भएको छ । आङ्बुङतर्फ समेत तमोर करिडोर आइपुगे पनि पक्की पुलको अभावका कारण वारिपारि सडक सञ्जाल जोडिएको छैन ।
तमोर करिडोर नेपाल,भारत र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने नेपालकै छोटो मार्गको रूपमा परिचित छ । ‘यहीं पक्की पुल निर्माण अभावले हामी र हाम्रो भाग्यमा अवरोध सिर्जना गरेको छ’आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष पोमूले थप्नुभयो । २०७४ फागुन ६ गते (भ्याट र पिएससहित) २२ करोड पाँच लाख ७७ हजार ८ सय ९० रूपैयाँमा एम÷एस÷सपना÷याक्थुङ जेभी काठमाडौंसँग पुल निर्माणका लागि सम्झौता भएको थियो ।
सम्झौतापछि निर्माण कम्पनीले निघुरादिनतर्फबाट पुलको बेस उठाउने र बीचमा एउटा पिलरको काम गरे पनि अरू काम गरेको देखिँदैन । केहि महिना अघि पुलको बेसका लागि अलिअलि जमिन सम्याउने काम गरेको भएपनि निर्माण कम्पनीले पुलको निर्माण कार्यमा पूरै बेवास्ता गरेको स्थानीयले बताएका छन् । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङ सो स्थानमा पुल नबन्दा तमोर करिडोर समेत ओझेलमा परेकाले निर्माण कम्पनीलाई तत्कालै काममा फर्काउने वातावरण तयार गर्न आवश्यक रहेको बताउँनुहुन्छ ।‘आठ–आठ बर्ष सम्म कामलाई पूरा नगरी अलपत्र पार्नुले जनताले हैरानी खेपीरहेका छन्’गुरुङले भन्नुभयो ।
निर्माणस्थलबाटै निर्माण कम्पनीका प्रतिनिधिलाई तत्काल काममा फर्कन चेतावनी दिदैं पालिका अध्यक्ष पोमू