मिक्वाखोलामा सहकारी शिक्षा तालिम सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १९ । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तरगत ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सहकारी शिक्षा तालिम तथा प्रथम भेला बिहीबारबाट सुरु भएको छ । शुक्रबारसम्म चल्ने तालिम तथा प्रथम भेलाको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले शुभारम्भ गर्नु भएको छ ।

पालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार तालिम तथा प्रथम भेलामा पालिका भरीका ५ वटै वडाका ४० जना सहभागी हुनु भएको छ । शुक्रवार कार्य समिति गठन गरी अपाङ्गता भएका व्यक्तिहरुको संस्थागत संरचना बनाउने तयारी रहेको समेत पालिका अध्यक्ष कार्कीका स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत(लेखा अधिकृत)रेश्मा राई,स्वास्थ्य शाखा संयोजक ललितनारायण यादव,शिक्षा शाखाका पवन भट्टराई,प्रशासन शाखाका मानबहादुर पालुङ्वा,पालिकाको सहकारी शाखा संयोजक लक्ष्मी मगर,प्रशिक्षक मणि भण्डारी,पालिका संयोजक जीतेन लिम्बू,ओपिडी अध्यक्ष सलबहादुर तामाङ सहितको उपस्थिति रहेको थियो ।

Similar Posts