पाथीभरा याङवरकमा कक्षा ८ को परीक्षामा ८० प्रतिशत उर्तीण

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २१ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन गरेको कक्षा ८ को पालिका स्तरीय परीक्षामा करिव ८० प्रतिशत परीक्षार्थी उर्तीण भएका छन् ।

गाउँपालिकाको शिक्षा शाखाका प्रमुख अर्जुन श्रेष्ठका अनुसार परीक्षामा १ सय ७२ जना सहभागी थिए । त्यसमध्ये १ सय ३७ जना परीक्षार्थी उर्तीण भएका छन् । ३५ जना परीक्षार्थी उनुर्तीण भएको पालिकाले जनाएको छ ।

शिक्षा शाखाका प्रमुख श्रेष्ठका अनुसार आधारभूत तह उर्तीण परीक्षा समितिको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको छ ।

Similar Posts