एमाले ताप्लेजुङद्धारा फुङलिङमा बृहत्त गणतान्त्रिक जागरण र्याली तथा सभा

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १८ । नेकपा एमाले ताप्लेजुङको अगुवाईमा सोमवार सदरमुकाम फुङलिङमा वृहत्त गणतान्त्रिक जागरण र्याली तथा सभा गरिएको छ ।
पार्टी कार्यालय मदन भण्डारी स्मृति भवनबाट निस्किएको र्याली नगर परिक्रमा गर्दै वीरेन्द्रचौकमा आईपुगेको थियो । र्यालीमा ‘गणतन्त्र जिन्दावाद,प्रतिगमन मुर्दावाद,हत्या,हिंसा र लुटपाट मुर्दावाद,दास र रैति बन्न मञ्जुर छैन,सामाजिक अराजकता मुर्दावाद,जनताको बहुदलिय जनवाद जिन्दावाद,नेकपा एमाले जिन्दावाद’जस्ता नारा लागेका थिए ।
र्यालीपछि आयोजित कोणसभालाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्वो,एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य अनन्त थेबे र एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष(उपाध्यक्ष)दीपेन्द्र पोमू(दीपेन)लगायतका नेताहरुले सम्बोधन गर्नु भएको छ ।