फुङ्लिङ र फक्ताङ्लुङको सभा तथा अधिवेशन सम्पन्न
-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २१ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिको सभा तथा अधिवेशन सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिकाको नगरसभा तथा १५ औं अधिवेशन आइतबार सम्पन्न भएको हो । यस्तै फक्ताङ्लुङ गाउँपालिकाको पनि आइतबार नै गाउँसभा तथा १५ औं अधिवेशन सम्पन्न भएको हो ।
नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, कार्यपालिका सदस्यहरु लगायतको सहभागितामा नगरसभा तथा अधिवेशन सम्पन्न भएको हो । त्यस्तै फक्ताङ्लुङ गाउँपालिकामा पनि अध्यक्ष राजन लिम्बू (मुक्ति) र उपाध्यक्ष रवीन साम्रा (विकास), कार्यपालिका सदस्य लगायतको सहभागितामा गाउँसभा र अधिवेशन सम्पन्न गरिएको छ ।
नगर तथा गाउँसभामा सम्बन्धित स्थानीय तहको बजेट तथा योजनाका विषयमा छलफल भएको छ । त्यसैगरी हालसम्म भएको बजेट खर्च, योजना कार्यान्वयनसम्बन्धी कार्यप्रगतिको समीक्षासमेत भएको बताइएको छ ।