निजामति कर्मचारी संगठन आठराई त्रिबेणीमा सीता

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २९ । नेपाल निजामति कर्मचारी संगठन आठराई त्रिबेणीको प्रथम पालिका अधिबेशनले सीता लिम्बू अध्यक्ष रहेको कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

नेपाल निजामति कर्मचारी संगठन ताप्लेजुङका अध्यक्ष दुर्गाप्रसाद थापा र नेकपा एमाले प्रदेश कमिटी सदस्य राजकुमार चुडाँल सहितको उपस्थितिमा बिहीबार भएको संगठनको अधिबेशनले उपाध्यक्षमा विजयकुमार शाह,सचिवमा नरबहादुर बोहोरा र कोषाध्यक्षमा सुदीप भट्टराईलाई चयन गरेको छ ।

अधिबेशनले अर्जुन अधिकारी,सजन आचार्य,शिवराज कोईराला,सुरेन्द्रकुमार गुप्ता,सुनिता यक्सो,राधिका लिम्बू,सजना लिम्बू,शर्मिला हेम्ब्या र रोशन पौडेलाई सदस्यमा चयन गरेको छ ।

Similar Posts