| |

स्ववियु निर्वाचनः पाथीभरा क्याम्पसमा सर्वसम्मत नेतृत्व

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्मत चयन भएको छ । मंगलबार भएको मनोनयनको कार्यक्रमअनुसार विद्यार्थी संघ-संगठनबिच सहमति भएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचन कार्यतालिकाअन्तर्गत मंगलबार मनोनयपत्र दर्ताको कार्यक्रम सम्पन्न भएको हो । निर्वाचित समितिका अनुसार विद्यार्थी संगठनहरुको सहमतिमा आवश्यकता अनुसार मनोनयन दर्ता भएपछि पाथीभरा क्याम्पसको स्ववियु नेतृत्व सर्वसम्मत भएको हो ।
सर्वसम्मत स्ववियु नेतृत्व चयन भएअनुसार अध्यक्ष (सभापति) मा नेविसंघका तिलकुमार जोगी चयन हुनुभएको छ । यस्तै सचिवमा अनेरास्ववियका लक्ष्मण पौडेल र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका निकिता लिम्बू चयन हुनुभएको छ । सदस्यमा नेविसंघका सौगात बिष्ट, अनेरास्ववियुका सनुजा गौतम र बिनु तामाङ, अखिल क्रान्तिकारीका शान्तिला गुरुङ र सुजन लिम्बू चयन हुनुभएको छ ।
यता विद्यार्थी संगठनबिच भएको सहमतिअनुसार मनोनित हुने उपाध्यक्ष अखिल क्रान्तिकारी र सहसचिव नेविसंघले लिने छन् । सदस्यमा अनेरास्ववियु चार, नेविसंघ तीन, अखिल क्रान्तिकारी दुई र अनेरास्ववियु (एकीकृत समाजवादी) ले एकजना लिने सहमति भएको निवर्तमान स्ववियु सहसचिव राजीव माबोहाङले जानकारी दिनुभयो । पाथीभरा क्याम्पस स्ववियु कार्यसमिति १५ सदस्यीय हुने निर्वाचन समितिले जनाएको छ ।

Similar Posts