आठराई त्रिबेणीद्धारा ५ वटै वडाका जेष्ठ नागरिकको आँखा जाँच तथा निःशुल्क चश्मा बितरण गरिदैं

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिकाका ५ वटै वडाका जेष्ठ नागरिकहरुको निःशुल्क आँखा जाँच तथा चश्मा उपहार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताका अनुसार फागुन २५ गते देखि २९ गतेसम्म कार्यक्रम सञ्चालन हुने छ । मेहताका अनुसार फागुन २५ गते वडा नं १ को कार्यालय निघुरादिनमा,२६ गते वडा नं २ फुलवारीमा र फागुन २७ गते वडा नं ३ को कार्यालय हाङपाङमा उक्त कार्यक्रम सञ्चालन हुने छ ।

फागुन २८ गते वडा नं ४ चाँगेमा र २९ गते वडा नं ५ चाँगेमा कार्यक्रम सञ्चालन हुने छ । ७० बर्ष माथिका जेष्ठ नागरिकको आँखा जाँच तथा निःशुल्क चश्मा बितरण गरिने पालिकाले जनाएको छ ।

Similar Posts