हिमाली गाउँका ४ बिद्यालय सहित ५ संस्थालाई लालीगुराँस सेवा समाज परिवारद्धारा अढाई लाख बढीको सहयोग

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपको लुङथुङमा अवस्थित लालीगुराँस सेवा समाज परिवारले पालिकाको वडा नं ५ र ६ का ४ बिद्यालय सहित ५ वटा संस्थालाई करिव २ लाख ५० हजार मूल्य बराबरको सहयोग गरेको छ ।
स्थानीय तेञ्जिङ शेर्पा वालुङका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपको सरस्वती च्यारिवुक माविका १ सय ३० जना बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ । यस्तै उक्त बिद्यालयलाई चारवटा भलिबल,दुईवटा भलिबलका साथ भलिबल नेट र फुट पम्प बितरण गरिएको छ । बिद्यालयलाई ग्लोब एकथान र २० वटा कुर्सी बितरण गरिएको भने उपस्थित सबैलाई खाजा र चियाको प्रवन्ध गरिएको समेत वालुङले जानकारी दिनुभयो । यस्तै पार्वती मावि तापेथोकका १ सय ६८ बिद्यार्थीलाई डटपेन र कापी सहितका शैक्षिक सामग्री बितरण गरिएको छ । उक्त बिद्यालयलाई भलिबल,नेट,फुट पम्प,ग्लोब र २० थान कुर्सी दिईएको छ भने उपस्थित सबैलाई खाजा र चियाको प्रवन्ध गरिएको छ ।
लालीगुराँस सेवा समाज परिवारले लुङथुङ आधारभूत बिद्यालयलाई एकथान ग्लोब तथा वडा नं ५ स्थित पाथीभरा आधारभूत बिद्यालयका १५ जना बिद्यार्थीलाई कापी,डटपेन सहितका शैक्षिक सामग्री बितरण गरेको छ । उक्त संस्थाले फक्ताङलुङ गाउँपालिका वडा नं ६ लुङथुङ बप्तिस मण्डलीलाई १० थान कुर्सी बितरण गरेको जनाएको छ । सहयोग कार्यको संयोजन गर्ने टासीतेन्जिङ इलावा प्रति स्थानीयले आभार प्रकट गरेका छन् ।