एसईई परीक्षाका लागि ताप्लेजुङमा १७ केन्द्र निर्धारण(कुन परीक्षा केन्द्रमा कुन बिद्यालयका परीक्षार्थी) ?

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १९ । आउँदा चैत ५ गते हुने माध्यमिक शिक्षा परीक्षा(एसईई)परीक्षाका लागि ताप्लेजुङमा १७ वटा परीक्षा केन्द्र निर्धारण भएका छन् ।
शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख युगमणि सवेन्हाङका अनुसार साविक झैं ताप्लेजुङमा १७ वटा केन्द्र निर्धारण भएका हुन् । सवेन्हाङका अनुसार भानुजन मावि परीक्षा केन्द्रमा लिटलबुद्ध आवासीय मावि,अक्सफोर्ड मोर्डल बोर्डिङ स्कुल,नवज्योति आवासीय मावि,कञ्चनजंघा आवासीय मावि,मेची सेन्टमेरिच मावि,कञ्चन एकेडेमी र वीरेन्द्र मावि देवलिङ्गेका परीक्षार्थीले परीक्षा लेख्ने छन् । भानु माविमा २ सय ४४ परीक्षार्थी हुनेछन् । यस्तै सिँवा मावि लिङखिम परीक्षा केन्द्रमा आर्दश मावि खेजेनिम,रविकला मावि सावादिन,खेजेनिम मावि र सरस्वती मावि तापेथोकका ८६ बिद्यार्थीले परीक्षा लेख्नेछन् ।
युवाबर्ष मावि कैंजलेमा भानु मावि,नारायणी मावि साँघु,मैवाखोला मावि ढुङ्गेसाँघुका (प्राविधिकधारतर्फ),सरस्वती मावि हाङपाङ र पृथ्वी मावि खाम्लुङका १ सय ४७ बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् । बाल सुबोधिनी संस्कृत मावि मेदिवुङमा भानुजन मावि,सिद्धकाली मावि दोखु र युवाबर्ष मावि कैंजलेका ३ सय १८ जना बिद्यार्थीले परीक्षा लेख्ने शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङले जनाएको छ । जनता मावि हाङदेवा परीक्षा केन्द्रमा मयाम मावि फुरुम्बु,भानुजन मावि खुल्लातर्फका,मोति मावि खोक्लिङ र साङ्क देछ्योलिङ गोन्पा माविका ७७ बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् ।
मोति मावि खोक्लिङ परीक्षा केन्द्रमा साँवा मावि साँवा,पृथ्वी मावि खाम्लुङ र त्रिभूवन मावि थुकिमाका १ सय १७ बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् । त्रिभूवन मावि थुकिमा परीक्षा केन्द्रमा पान्दोलुङ मावि नाल्बु,लक्ष्मी मावि लिङतेप,बालदेन मावि पापुङ,सूर्यदेवी मावि सान्थाक्रा,सुर्के मावि थुकिमा र पञ्चेश्वरी मावि लिवाङका १ सय ७ जना परीक्षार्थीले परीक्षा लेख्नेछन् ।
सिनाम मावि परीक्षा केन्द्रमा आम्बेगुदिन मावि रजा,शारदा मावि थुम्बेदिन,भञ्ज्याङ मावि लिम्बूदिन र तेल्लोक मावि तेल्लोकका १ सय ४८ परीक्षार्थीले परीक्षा लेख्ने भएका छन् । थेचम्बु मावि परीक्षा केन्द्रमा कालिका मावि तिरिङ्गे,कालिका मावि नाङखोल्याङ,चाक्सिबोटे मावि चाक्सिबोटे,सिद्धेश्वरी मावि डुम्रिसे र सिम्बु मावि फावाखोलाका १ सय १४ परीक्षार्थीले परीक्षा लेख्ने भएका छन् ।
तेल्लोक मावि तेल्लोक परीक्षा केन्द्रमा सरस्वती मावि सिकैचा,सिनाम मावि सिनाम,दुर्गा मावि सिकैचा र गणेश मावि खेवाङका ९९ परीक्षार्थीले परीक्षा लेख्ने भएका छन् । गणेश मावि खेवाङ परीक्षा केन्द्रमा कञ्चनजंघा मावि याम्फुदिन,बालकल्याण मावि सुरुम्खिम,राष्ट्रिय मावि पेदाङ र लक्ष्मी मावि मामाङ्खेका ८० परीक्षार्थीले परीक्षा लेख्नेछन् । भञ्ज्याङ मावि लिम्बूदिन परीक्षा केन्द्रमा सिद्धेश्वरी मावि सादेवा,सरस्वती मावि साब्लाखु,सिंहेश्वरी मावि आङखोप र निलगिरी मावि मेहेलेका १ सय ६९ परीक्षार्थीले परीक्षा लेख्ने भएका छन् । मैवाखोला मावि ढुङ्गेसाँघु परीक्षा केन्द्रमा नारायणी मावि साँघु,जनकल्याण मावि ढुङ्गसाँघु,सिंहकाली मावि थिङ्लाबु,महेन्द्र मावि फाकुम्बा र पार्टीडाँडा मावि फाकुम्बाका १ सय ३७ परीक्षार्थीले परीक्षा लेख्ने भएका छन् ।
सरस्वती मावि हाङपाङ परीक्षा केन्द्रमा चाँगे मावि चाँगे,छातेढुङ्गा मावि चाँगे,दुर्गा मावि फुलवारी र मैवाखोला मावि ढुङ्गेसाँघुका १ सय २१ परीक्षार्थीले परीक्षा लेख्नेछन् । सिद्धकाली मावि दोखु परीक्षा केन्द्रमा थेचम्बु मावि थेचम्बु,जनता मावि हाङदेवा र वासुसं मावि मेदिवुङका ७४ परीक्षार्थीले परीक्षा लेख्नेछन् । दुर्गा मावि फुलवारी परीक्षा केन्द्रमा सरस्वती मावि हाङपाङ,परमसिंहदेवी मावि निघुरादिन,गुप्तेश्वर मावि फुलवारी र सरस्वती मावि फुलवारीका १ सय १४ परीक्षार्थीले परीक्षा लेख्ने भएका छन् ।
सरस्वती मावि तापेथोक परीक्षा केन्द्रमा सुनदेवी मावि इखाबु,सरस्वती च्यारिबुक मावि लेलेप,पार्वती मावि तापेथोक,सिँवा मावि लिङखिम र सेवालुङ मावि इखाबुका १ सय २० परीक्षार्थीले परीक्षा लेख्ने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार साधारण र प्राविधिकधारतर्फ नियमित र ग्रेडबृद्धितर्फ गरी ताप्लेजुङबाट कुल २ हजार २ सय ७२ परीक्षार्थीले यसबर्षको एसईई परीक्षा लेख्दैछन् ।