तेल्लोक स्पोर्टिङ क्लवमा दोहोरिए भट्टराई

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ स्थित तेल्लोक स्पोर्टिङ क्लवको अध्यक्षमा अर्जुन भट्टराई दोहोरिनु भएको छ ।
क्लवको दोस्रो अधिबेशनले भट्टराई अध्यक्ष रहेको ९ सदस्यीय कार्य समिति चयन गरेको छ । क्लवको नवनिर्वाचित कार्य समितिले २ जना सदस्यलाई मनोनित गर्ने निर्णय गर्नेछ । नवनिर्वाचित अध्यक्ष भट्टराईका अनुसार क्लवको उपाध्यक्षमा बिमला साम्यू,सचिवमा रञ्जित मावो,सहसचिवमा सुमन भट्टराई र कोषाध्यक्षमा दिनेश भट्टराई रहनु भएको छ । क्लवमा शसिहाङ थेबे,किरण राई,बबि इवाराम लिम्बू र प्रकृतिसिंह थेबे सदस्य रहनु भएको छ ।
क्लवको आयोजनामा सञ्चालित चौथो सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला सञ्चालनका क्रममा क्लवले करिव तीन लाख रुपैया बचत गर्न सफल भएको विवरण समेत सार्वजनिक गरिसकेको छ । चौथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला गत मंसिर २३ देखि २९ गते सम्म सञ्चालन भएको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश),सिरिजङ्गा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रुपदास भट्टराई,सिरिजङ्गा गाउँ कार्यपालिका सदस्यहरु,तेल्लोक माविका प्रधानाध्यापक रुकमान थेबे सहितको उपस्थिति रहेको थियो ।