सेन्ट्रल ग्रिड नपुगेका क्षेत्रमा लघु जलबिद्युत निर्माण गर्न फक्ताङलुङ गाउँपालिकाले थाल्यो पहल

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ६ । केन्द्रीय बिद्युत प्रसारण लाइनको पहुँच पुग्न नसकेका पालिकाका ग्रामीण बस्तिहरुमा लघु जलबिद्युत निर्माण गर्न ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पहल सुरु गरेको छ ।
फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)को नेतृत्वमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र पुगेको पालिकाको टोलीले लघु जलबिद्युत निर्माणका बिषयमा छलफल गरेको हो । फक्ताङलुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले छलफल सकारात्मक रुमा अघि बढेको जानकारी दिनुभयो ।
पालिकाले केन्द्रीय बिद्युत प्रसारण लाइनको पहुँच पुग्न नसकेर अध्याँरो झेलिरहेका ग्रामीण बस्तिहरुमा लघु जलबिद्युत निर्माणको पहल लिएको हो । छलफलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका बरिष्ठ अधिकृत प्रकाश भण्डारी,समृद्ध पहाड परियोजनाका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सञ्जिव न्यौपाने सहितको सहभागिता रहेको थियो ।