जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पालिकाका स्वर्ण पदक बिजेतालाई मेरिङदेनले जनही ५ हजार रुपैयाँ पुरस्कार दिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ६ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक बिजेता पालिकाका प्रत्येक खेलाडीलाईजनही नगद ५ हजार रुपैयाँ प्रोत्साहन सहित सम्मान गर्ने भएको छ ।

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन गर्दै पालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले उक्त घोषणा गर्नु भएको हो । उहाँका अनुसार पदक बिजेता हरेक खेलाडीलाई पालिकाले सम्मान गर्ने छ । पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितासंगै पालिकाले महिला र पुरुषतर्फ १५–१५ खेलाडी छनौट गर्दै पालिकामै प्रशिक्षक करार गरी प्रशिक्षणको व्यवस्था गर्ने घोषणा गरेको छ ।

यता,पालिका राष्ट्रपति रनिङ शिल्डमा पृथ्वी मावि खाम्लुङ पहिलो भएको छ । ८ स्वर्ण,११ रजत ४ कास्य सहित २३ पदकका साथ पृथ्वी माविले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रथम स्थान हासिल गरेको हो । पान्दोलुङ मावि नाल्बु ७ स्वर्ण र ८ कास्य सहित १५ पदकका साथ दोस्रो हुँदा लक्ष्मी मावि लिङतेप ४ स्वर्ण,७ रजत र ७ कास्य सहित १८ पदकका साथ तेस्रो भएको मेरिङदेन गाउँपालिकाका सूचना प्रविधि अधिकृत जीतेन लिम्बूले जानकारी दिनुभयो ।

सूर्यदेवि मावि सान्थाक्रा ४ स्वर्ण,७ रजत र ४ कास्य सहित १५ पदकका साथ चौथो हुँदा ४ स्वर्ण,१ रजत र १ कास्य गरी ६ पदकका सिंहकाली माथि थिङलाबु साथ पाँचौं स्थानमा रहयो । ३ स्वर्ण,१ रजत र ७ कास्य सहित ११ पदकका साथ सुर्के मावि थुकिमा छैटौं हुँदा स्वर्णविहिन त्रिभुवन मावि थुकिमाले ३ रजत पदक मात्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । मेरिङदेन गाउँपालिका वडा नं ४ लिङतेपका वडाध्यक्ष बेदप्रसाद हाङगामको अध्यक्षतामा भएको कार्यक्रममा मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुका वडाध्यक्ष मनोजकुमार तुम्बाहाम्फे,पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादव,शिक्षा अधिकृत हरिबहादुर कुँवर सहितको उपस्थिति रहेको थियो ।

गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेता बिद्यालय तथा बिद्यार्थीलाई शिल्ड तथा पुरस्कार प्रदान गर्दै पालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts