भूमि आयोग ताप्लेजुङको अध्यक्षमा पुनःबस्नेत

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २९ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ताप्लेजुङको अध्यक्षमा पुनःकृष्णकुमार बस्नेत नियुक्त हुनु भएको छ ।
सरकारले ताप्लेजुङ सहित देशभरका ५८ जिल्लामा भूमि आयोग जिल्ला समिति अध्यक्ष नियुक्त गरेको हो । बस्नेत यसअघि पनि भूमि आयोग जिल्ला समिति अध्यक्ष हुनुहुन्थ्यो ।
पाँचथरमा धनकुमार फियाक र इलाममा प्रकाश अधिकारी भूमि आयोग जिल्ला समितिको अध्यक्ष नियुक्त हुनु भएको छ ।