ताप्लेजुङमा बाँसबाट मायोको चिनो बनाउने सम्वन्धी एक महिने तालिम सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २७ । बाँसबाट मायोको चिनो बनाउने सम्वन्धी एक महिने तालिम बिहीबारबाट ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुरु भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङको समन्वयमा तालिम सुरु भएको हो । फुङलिङ नगरप्रमुख अमिर मादेनले तालिमको शुभारम्भ गर्नु भएको छ । तालिमको सुरुवात गर्दै नगरप्रमुख मादेनले प्राप्त गरेको सीप र कलालाई व्यवसायमुखी बनाई आर्थिक उर्पाजनको भरपर्दो स्रोतको रुपमा उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति रवीन सिलवालले हरेक पटक नयाँ तालिम भन्दा एकपटक तालिम लिईरहेका व्यक्तिको सीप श्रम बजारमा उपयोग हुने गरी पुर्नताजगी तालिम सञ्चालनमा जोड दिन घरेलु कार्यालयलाई सुझाउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष राजेन्द्र भारती,घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समितिका केन्द्रीय सदस्य मात्रिकादेवी प्रसाँई,प्रशिक्षक लेखराज श्रेष्ठ सहितले आफ्नो धारणा राख्नु भएको थियो । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले सिकेको सीपलाई आत्नर्भिर हुने केन्द्रको रुपमा विकास गर्दै व्यवसायिक प्रकृयामा रुपान्तरण गर्न तालिम अवधिमा सीप आर्जनलाई प्रमुख स्रोतको रुपमा विकास गर्न सहभागीहरुलाई अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष खगेन्द्र अधिकारी,रेडियो काबेलीका स्टेशन म्यानेजर दिनेश लिङखिम,घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समितिका कोशी प्रदेश सदस्य सरस्वता भारती,जिल्ला अध्यक्ष बिष्णुकुमारी श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका जिल्ला उपाध्यक्ष नरजंग सुनाम सहितको उपस्थिति रहेको घरेलु कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन भट्टराईले जानकारी दिनुभयो ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts