ताप्लेजुङको डुम्रिसेमा भएको ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु,८ जना घाईते

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २६ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ४ डुम्रिसेमा भएको ट्रयाक्टर दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ ।

८ जना घाईते भएका छन् । मृत्यु हुनेमा सिद्धेश्वरी माविको कक्षा ६ मा अध्ययनरत ९ बर्षिय मानस तामाङ रहेको स्थानीय बिनोद भण्डारीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले दुर्घटना भएको खबर प्राप्त भई प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको बताउनुभयो ।

प्रदेश १–०१–००१त ९०६९ नम्बरको ट्याक्टर काबेलीखोलाबाट माकोजातर्फ जाने क्रममा आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटनामा परेको बताईएको छ । घाइते सबै बिद्यार्थी रहेको बताईएको छ । दुर्घटनामा परी घाइते सबै ८ जनालाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याईदैं गरेको समेत स्थानीयले बताए । घाइतेहरुको अवस्था बारे थप विवरण आउन बाँकी रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts