एमाले ताप्लेजुङमा नयाँ नेतृत्व,अध्यक्षमा तुम्बाहाम्फे बिजयी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २६ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वोज तुम्बाहाम्फे बिजयी हुनु भएको छ । पदाधिकारीमा तुम्बाहाम्फेको प्यानलै बिजयी भएको छ ।

मंगलार भएको निर्वाचनको गए मध्यराति सम्पन्न मतगणनामा बलबहादुर साम्सोहाङलाई २६ मतले पछि पार्दै तुम्बाहाम्फे विजयी हुनु भएको हो । संविधानसभा सदस्य समेत रहनु भएका तुम्बाहाम्फेले १ सय ८३ मत प्राप्त गर्दा कोशी प्रदेश सरकारका पूर्वमन्त्री समेत रहनु भएका साम्सोहाङले १ सय ५७ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा १ सय ७० मत प्राप्त गर्दै दिपेन्द्र पोमू(दीपेन)निर्वाचित हुँदा उहाँका प्रतिद्धन्दी छत्रपति प्याकुरेलले १ सय ५४ मत प्राप्त गर्नुभयो । पोमू आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ भने प्याकुरेल फुङलिङ नगरपालिकाका पूर्व नगरप्रमुख हुनुहुन्छ । सचिवमा १ सय ६५ मत प्राप्त गर्दै सन्तोष चाम्लिङ विजयी हुँदा उहाँका निकटतम् प्रतिद्धन्दी मणिशंकर पोमूले १ सय ५९ मत प्राप्त गर्नुभयो । पोमू निवर्तमान जिल्ला कमिटी उपसचिव हुनुहुन्छ भने चाम्लिङ एमालेको सिरिजंघा गाउँकमिटी अध्यक्ष हुनुहुन्छ ।

त्यस्तै उपसचिव(खुल्ला)मा सन्तोष प्रसाईलाई पराजित गर्दै गोपाल न्यौपाने निर्वाचित हुनुभयो । न्यौपानेले १ सय ६४ मत प्राप्त गर्दा प्रसाईले १ सय ५३ मत प्राप्त गर्नुभयो । न्यौपाने युवा संघका स्थायी कमिटी सदस्य तथा प्रसाँई एमाले जिल्ला कमिटीका सचिवालय सदस्य हुनुहुन्थ्यो । त्यस्तै उपसचिव महिलातर्फ भीमादेवी ओझा निर्वाचित हुनुभयो । ओझाले १ सय ६६ मत प्राप्त गर्दा ओझाका प्रतिश्पर्धी शान्ताकुमारी आङबुहाङले १ सय ५९ प्राप्त गर्नुभयो । ओझा फुङलिङ नगर उपप्रमुख र आङवुहाङ आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।

लेखा आयोगको अध्यक्षमा दीपक धिताल निर्वाचित हुनुभयो । उहाँले दिवस भण्डारीलाई पराजित गर्नुभयो । धितालले १ सय ५६ मत प्राप्त गर्दा भण्डारीले १ सय २४ मत पाउनुभयो । सबै पदाधिकारी तथा लेखा आयोगका अध्यक्ष समेत तुम्बाहाम्फे प्यानलका उम्मेदवार हुनुहुन्थ्यो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts