यसबर्षको टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कारका लागि मावोको नाम सिफारिस गरिने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २७ । यसबर्षको टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कारका लागि नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले रेडियो तमोरमा कार्यरत मनु माङलेन मावोको नाम सिफारिस गर्ने भएको छ ।

शाखाको बैठकले मावोलाई पुरस्कार बितरण गर्न टीकाराम गौतम स्मृति प्रतिष्ठान समक्ष सिफारिस गर्ने निर्णय गरेको पत्रकार महासंघ ताप्लेजुङका सचिव सुवास आचार्यले जानकारी दिनुभयो । मावो २०७० साल देखि पत्रकारिता क्षेत्रमा कार्यरत रहनु भएको छ । फक्ताङ्लुङ एफएमबाट पत्रकारिता यात्रा सुरु गर्नु भएकी मावो २०७५ साल देखि रेडियो तमोरमा कार्यरत हुनुहुन्छ । उहाँ पत्रकार महासंघ ताप्लेजुङको कार्य समिति सदस्य समेत रहनु भएको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सिफारिसमा प्रतिष्ठानले पुरस्कृत हुने सञ्चारकर्मीको निर्णय गर्ने गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका तत्कालिन सभापति टीकारामको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । सामाजिक क्षेत्रमा अगुवा उहाँको निधन पछि सामाजिक क्षेत्रको स्मरण र सम्मान गर्न स्वर्गीय गौतमका परिवारले टीकाराम गौतम स्मृति प्रतिष्ठानमार्फत हरेक बर्ष एकजना सञ्चारकर्मी,एकजना सामाजिक व्यक्तित्व र ताप्लेजुङ जिल्लाको उत्कृष्ट एक रेडक्रस उपशाखालाई पुरस्कृत गर्दै आइरहनु भएको छ । स्वर्गीय गौतमको जन्मदिनको पारेर हरेक बर्षको बैशाख ९ गते प्रतिष्ठानले सम्मान कार्यक्रम गर्ने छ । गौतम २०१३ साल बैशाख ९ गते जन्मिनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts