| |

संसद विघटनविरुद्ध उभिन ताप्लेजुङका ४ राजनीतिक दलको संयुक्त आह्वान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ९ । संसद बिगठन बिरुद्ध उभिन ताप्लेजुङका ४ राजनीतिक दलले आइतवार सार्वजनिक आवहन गरेका छन् । आइतवार अपरान्ह संयुक्त प्रेश बिज्ञप्ती जारी गर्दै नेपाली काँग्रेस,नेकपा एमाले(माधव पक्ष),माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सो आवहन गरेका हुन् । विज्ञप्तीमा नेपाली काँग्रेसका जिल्ला उपसभापति मणिप्रसाद लावुङ,नेकपा एमालेकातर्फबाट जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ,माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजयप्रकाश वनेम र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कीर्तिमान मादनले हस्ताक्षर गर्नु भएको छ । विज्ञप्तीमा नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा १ सय ४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पुग्दा समेत राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानमा भएको व्यवस्था अनुसार कारवाही प्रकृया अघि नबढाएको भन्दै रोष प्रकट गरिएको छ । विज्ञप्तीमा राष्ट्रपतिको उक्त कदम,प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने निर्णय र राष्ट्रपतिद्धारा गरिएको सदरलाइ लोकतन्त्र र संबिधान बिरोधी गतिविधिको संज्ञा दिईएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts