यसबर्षको एसईई परीक्षामा ताप्लेजुङबाट करिव १९ सय बिद्यार्थीले परीक्षा लेख्ने,१७ वटा केन्द्र निर्धारण
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ७ । यही चैत १५ गते देखि हुने यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ताप्लेजुङबाट करिव १ हजार ९ सय बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् । त्यसका लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार नियमिततर्फका १ हजार ६ सय ९५,ग्रेडबृद्धितर्फका ६९ र प्राविधिकधारतर्फका १ सय २६ गरी कूल १ हजार ८ सय ९० बिद्यार्थीले परीक्षा लेख्ने छन् । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका अनुसार फुङलिङस्थित भानुजन मावि परीक्षा केन्द्रमा नियमिततर्फका १ सय ९७ तथा ग्रेडबृद्धितर्फका २ गरी १ सय ९९ बिद्यार्थीले परीक्षा लेख्नेछन् । यस्तै फक्ताङ्लुङ गाउँपालिकास्थित सिँवा माध्यमिक बिद्यालय लिङखिममा नियमिततर्फका मात्रै ७० बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् ।
फुङलिङस्थित युवाबर्ष माध्यमिक बिद्यालय दोखुमा प्राविधिकधारतर्फका १ सय २६ बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् । यस्तै फुङलिङस्थित बालसुवोधिनी संस्कृत माध्यमिक बिद्यालय मेदिबुङमा नियमिततर्फ २ सय १७ तथा ग्रेडबृद्धितर्फका ३ गरी २ सय २० जना बिद्यार्थीले परीक्षा लेख्ने छन् । फुङलिङस्थित जनता माध्यमिक हाङदेवामा नियमिततर्फका ९७ तथा ग्रेडबृद्धितर्फका १ गरी ९८ जनाले परीक्षा लेख्दा मिक्वाखोला गाउँपालिकास्थित मोति माध्यमिक बिद्यालय खोक्लिङ परीक्षा केन्द्रमा नियमिततर्फका १ सय १ र ग्रेडबृद्धतर्फका ५ गरी १ सय ६ जना बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् ।
यस्तै मेरिङदेन गाउँपालिकास्थित त्रिभुवन मावि थुकिमा परीक्षा केन्द्रमा नियमिततर्फ १ सय ११ र ग्रेडबृद्धितर्फ १ गरी कूल १ सय १२ जना बिद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । सिरिजङ्गा गाउँपालिकास्थित सिनाम माध्यमिक बिद्यालय सिनाममा नियमिततर्फका १ सय १७ तथा ग्रेडबृद्धितर्फका ११ गरी १ सय २८ जना बिद्यार्थीले परीक्षा सोहि गाउँपालिकाको तेल्लोकस्थित तेल्लोक माध्यमिक बिद्यालय परीक्षा केन्द्रमा नियमिततर्फका ८६ तथा ग्रेडबृद्धितर्फका ४ गरी ९० परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
पाथीभरा याङवरक गाउँपालिकास्थित थेचम्बु माध्यमिक बिद्यालय परीक्षा केन्द्रमा नियमिततर्फका १ सय ४ तथा ग्रेडबृद्धितर्फका २ गरी १ सय ६ जना परीक्षार्थी सहभागी हुँदा सिरिजङ्गा गाउँपालिकास्थित गणेश माध्यमिक बिद्यालय खेवाङ परीक्षा केन्द्रमा नियमिततर्फका ६२ परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् ।
सिदिङ्वा गाउँपालिकास्थित भञ्ज्याङ माध्यमिक बिद्यालय लिम्बूदिन परीक्षा केन्द्रमा नियमिततर्फ १ सय २२ तथा ग्रेडबृद्धितर्फ ८ गरी १ सय ३० जना बिद्यार्थीले परीक्षा लेख्नेछन् । यस्तै मैवाखोला गाउँपालिका ढुङ्गेसाँघुस्थित मैवाखोला मावि परीक्षा केन्द्रमा नियमिततर्फका १ सय १३ तथा ग्रेडबृद्धितर्फका २१ गरी १ सय ३४ बिद्यार्थीले परीक्षा लेख्दा आठराई त्रिबेणी गाउँपालिकास्थित सरस्वती माध्यमिक बिद्यालय हाङपाङ परीक्षा केन्द्रमा नियमिततर्फका ८४ र ग्रेडबृद्धितर्फका ४ गरी कूल ८८ जना बिद्यार्थीले परीक्षा लेख्ने शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जनाएको छ ।
यसैगरी फुङलिङस्थित सिद्धकाली माध्यमिक बिद्यालय दोखुमा नियमिततर्फका ४९ र ग्रेडबृद्धितर्फका ६ गरी कूल ५५ जना बिद्यार्थीले परीक्षा लेख्दा आठराई त्रिबेणी गाउँपालिकास्थित दुर्गा माध्यमिक बिद्यालय फुलवारीमा नियमिततर्फका १ सय ११ तथा ग्रेडबृद्धितर्फका १ गरी कूल १ सय १२ जना बिद्यार्थीले परीक्षा लेख्नेछन् ।
यसबर्ष नयाँ परीक्षा केन्द्र कायम भएको फक्ताङ्लुङ गाउँपालिकास्थित सरस्वती माध्यमिक बिद्यालय तापेथोकमा नियमिततर्फका ५४ बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् । १७ वटा परीक्षा केन्द्रमध्ये सबैभन्दा कम परीक्षार्थी भएको केन्द्र यही हुने छ । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले परीक्षा केन्द्रका केन्द्राध्यक्ष बिहीबार सम्ममा चयन हुने बताएको छ । सामान्यतया परीक्षा केन्द्र कायम भएका बिद्यालयका प्रधानाध्यापक वा बरिष्ठतम् शिक्षकलाई केन्द्राध्यक्ष चयन गर्ने गरिएको छ ।