नारायणी मावि साँघुलाई थत्लुङ परिवारले निःशुल्क दिए ४ रोपनी बढी जग्गा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पूर्व अध्यक्ष राजनकुमार थत्लुङ र उहाँको परिवारले मिलेर पालिकाको केन्द्र साँघुस्थित नारायणी माविलाई ४ रोपनी बढी जग्गा निःशुल्क उपलब्ध गराउनु भएको छ ।

सो माविका प्रधानाध्यापक दीपराज लिम्बूका अनुसार पालिकाका पूर्व अध्यक्ष राजनकुमार तथा नारायणी माविका शिक्षक देउनारायण थत्लुङ र उहाँको परिवार मिलेर बिद्यालयलाई चार रोपनी,चारआना,तीनपैसा दुईदाम क्षेत्रफल बराबरको जग्गा उपलब्ध गराउनु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts