|

ताप्लेजुङमा मंगलबार दुई वटा घर जले

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ६ । ताप्लेजुङमा मंगलबार छुट्टा–छुट्टै ठाउँमा दुई घरमा आगलागी भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकामा घर आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुंगेलीका अनुसार फुङ्लिङ नगरपालिका–३ पाखे टोलका स्थानीय हर्कबहादुर पालुङ्वाको घर आगलागी भएको हो । पालुङ्वाको ढंगा, माटो, काठ र जस्तापाताले निर्माण गरिएको तीनतले घर आगलागीबाट नस्ट भएको प्रहरी निरीक्षक लुंगेलीले जानकारी दिनुभयो ।
दिउँसो करिव ४ बजेतिर भएको आगलागीबाट घरमा भएको नगद ९० हजार रुपियाँ, खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतको सम्पूर्ण सामग्री जलेर नस्ट भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार घर नजिक रहेको दुईवटा पशुचौपायाको गोठसमेत जलेर नस्ट हुँदा पालुङ्वाको १५ लाख रुपियाँ मूल्य बराबरको क्षति हुन गएको छ ।
यस्तै मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका सुवास नाल्बुको घरमा पनि आगलागी भएको छ । स्थानीय रानी सामुदायिक वनमा लागेको डढेलोले नाल्बुको घर जलेर नस्ट भएको प्रहरी निरीक्षक लुंगेलीले जानकारी दिनुभयो । उहाँकाअनुसार ढंगा र माटोले बनेको नाल्बुको घर जलेर नस्ट हुँदा करिव एकलाख ५० हजार रुपियाँ बराबरको क्षति भएको छ ।
सुख्खा मौसमसँगै हाल एकपछि अर्को गर्दै वनमा डढेलोका घटना तीब्र भइरहेको र वनमा लागेको डढेलोले घरलगायतका संरचाहरु जलेर क्षति पु¥याइरहेको प्रहरीले जनाएको छ । फागुन महिनायता मात्र मंगलबार सम्ममा करिव तीन दर्जन बढी ठाउँका वनमा डढेलो लागेको छ भने डढेलो र अन्य काराण्बाट यो अवधिमा डेढ दर्जन घर जलेर नस्ट भइसकेको तथ्यांक रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts