|

तोक्मेडाँडा नर्सरी वनमा वृद्धको शव फेला

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २२ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित तोक्मेडाँडा नर्सरी वन क्षेत्रमा एक वृद्धको शव फेला परेको छ । सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–७ दोखुको नर्सरी वन क्षेत्रमा सोमबार वृद्धको शव फेला परेको हो ।
नर्सरी वनमा भेटिएको वृद्धको शव फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका ७१ वर्षीय काजी नामले परिचित रामबहादुर महताराको भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएकालुंगेलीले महताराको शव सोमबार दिउँसो भेटिएको बताउनभुयो ।
उहाँकाअनुसार फुङ्लिङ बजारको वीरेन्द्रचौकस्थित हाल छोराको घरमा बस्दै आउनुभएका महतारा विगत पाँच दिनदेखि घरबाट निस्कनुभएको थियो । घरबाट निस्केपछि सम्पर्कमा नआएकोभन्दै आफन्तले महताराको खोजतलासका लागि शनिबार मात्र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
प्रहरीका अनुसार खोजतलासकाकै क्रममा महतारा मृत भेटिनुभएको र आफन्तले पनि उहाँकै शव भएको पुष्टि गरेका थिए । यता शव परीक्षण (पोष्टमार्टम) का लागि जिल्ला अस्पताल पु¥याइएको छ भने घटनाबारे अनुसन्धान सुरु भएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts