मेरिङदेनका बर्षदिनका उपलब्धी ः बालबिबाह अन्त्यका लागि जागरण अभियान देखि परीक्षा प्रणालीमा एकरुपता कायम गर्ने सम्मका कार्यक्रम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ९ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले बालबिवाह अन्त्यका लागि किशोरकिशोरी शसक्तिकरण सहितका कार्यक्रम सञ्चालन भएको बताउँदै बर्षदिनको उपलब्धीका मुख्य बिबरण सार्वजनिक गरेको छ ।

परीक्षा प्रणालीमा एकरुपता कायम गर्न कक्षा २–९ सम्मको बार्षिक परीक्षा पालिका स्तरीय गर्न थालिएको भन्दै गाउँपालिकाले यो अभ्यास जिल्लामै पहिलो भएको दावी गरेको छ । गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामका अनुसार बर्षदिनको अवधिमा यसअघि बैंकमार्फत दिईदैं आएको सामाजिक सुरक्षा भत्ता बैंकका प्रतिनिधि,कर्मचारी तथा जनप्रतिनिधिको रोहवरमा सम्वन्धित वडा कार्यालयबाटै बितरण गर्न थालिएको छ । यसअघि सासु रकम त्रैमासिक रुपमा पालिकाको केन्द्रमा रहेको कुमारी बैंकमार्फत बितरण हुने गरेको थियो । यस्तै व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता प्रणाली सम्वन्धी सूचनामुलक सन्देश सर्वसाधारणको पहुँच सम्म पु¥याउन सञ्चारमाध्यमको प्रयोग देखि पोष्टर तथा फ्लेक्सहरु वडा कार्यालय सहितका सार्वजनिक निकायहरुमा राखिएको गाउँपालिकाले जनाएको छ ।

व्यक्तिगत घटना दर्ता सप्ताहमार्फत समुदाय जागरणका कार्यक्रम गरिएको र अनलाइनबाट व्यक्तिगत घटना दर्ता कार्य वडा नं १ थिङ्लाबु र वडा नं २ सान्थाक्राबाट सुरु गरी पालिकाका अन्य वडाहरुमा क्रमशःसुरु गर्दै लैजान थालिएको,वाल विकास सहजकर्ताहरुका लागि क्षमता विकासका कार्यक्रम सुरु गरिएको,प्रत्येक दुई–दुई महिनामा पालिकाभरीका ३६ वटै बिद्यालयका प्रधानाध्यापकहरुसंग गाउँ शिक्षा समितिको बैठक राखी शैक्षिक अवस्थाको बिश्लेषण र शैक्षिक समस्या सुधारका उपायहरु खोजी गर्ने गरिएको,भाषा शिक्षकसंग सेवा सचालनको समस्याका बारेमा छलफल गरिएको,बिद्यालयको भौतिक प्रशासनिक,शैक्षिक तथा आर्थिक पक्षको अवस्था बारे गाउँपालिकाका पदाधिकारीले नियमित अनुगमन गर्ने गरेको समेत पालिकाले जनाएको छ ।

पालिकाले घरमा शुन्य सुत्केरी अभियान चलाएको र सुत्केरी बिरामीलाई गाउँपालिकाको एम्बुलेन्सद्धारा निःशुल्क सेवा दिने गरिएको तथा पालिकाका भित्रका अन्य बिरामीलाई सहुलियत दरमा २४ सै घण्टा सेवा दिने गरेको,पालिकाका ६ वटै वडामा पाठेघरको मुखको क्यान्सर,आङ्ग खसेका महिलाको उपचार,आँखाका रोगीको उपचार तथा उक्त रक्तचापका बिरामीलाई सेवा प्रदान गरिएको,बिद्यालय स्तरीय स्वास्थ्य र सफाई कार्यक्रम अन्र्तगत पोषण सुरक्षा,आँखा,दाँत र कानका गरी करिव १ हजार ८ सय जनालाई सेवा दिईएको,नियमित खोप र कोभिड खोपलाई नियमित बनाईएको तथा सान्थाक्रामा बर्थिङ सेन्टर निर्माण सम्पन्न गरी त्यहिँबाट सेवा सुचारु गरिएको समेत गाउँपालिकाले जनाएको छ ।

पालिका भित्रका करिव १ हजार मानिस लाभान्वित हुने गरी बालीमा लाग्ने रोग किरा नियन्त्रणका लागि बिषादी बितरण गरिएको,पालिका भरी नै हिउँदे तथा बर्षे तरकारीवालीको बिऊ बितरण गरिएको, पालिकाका २ सय १० घरपरिवार लाभान्वित हुनेगरी टनेल बितरण गरिएको,प्रचुर सम्भावना रहेको अकबरे खोर्सानीको उत्पादन बृद्धिका लागि किसानलाई प्रोत्साहित गर्न अकबरे खोर्सानी खेति कार्यक्रम सञ्चालन गरिएको,खाम्लुङको सिम्लेका १८ परिवार लाभान्वित हुने गरी आलु पकेट कार्यक्रम सुरु गरिएको,पालिकाका प्रत्येक वडाका ३ जनाका दरले १८ जना कृषक सूचिकृत गरिएको,थिङलाबुमा २५ घर परिवार लाभान्वित हुने गरी अलैंची पकेट कार्यक्रम सुरु गरिएको,सिचाँईका लागि रिर्जभ ट्याङ्की निर्माण गरी खडेरीको समयमा पनि सिचाँईको प्रवन्धको विकास गरिएको,पालिकाका २ सय १२ घर परिवारमा स्वच्छ खानेपानीको प्रवन्ध गरिएको समेत गाउँपालिकाले बर्षदिनको उपलब्धीको रुपमा उल्ले गरेको छ ।

यस्तै गाउँपालिकाले पालिका भित्रका १ सय १२ जनालाई सहभागितात्मक ग्रामीण लेखाजोखा अभिमुखीकरण गरिएको,वडा नं २,३ र ४ का लक्षित सेवाग्राहीलाई उद्यमशिलता तालिम दिएको,वडा नं २ का १२ जनालाई गुडिया बनाउने र ११ जनालाई मौरी पालन सम्वन्धी तालिम दिएको,वडा नं ४ का १० जनालाई एकमहिने काठ फर्निचर सम्वन्धी सामान दिएर स्थानीय स्तरमै व्यवसायिक बन्न सहजीकरण गरेको,सोहि वडाका १४ जना महिलालाई हाते होजियारी तथा वडा नं ३ का २५ जनालाई व्यवसायिक तरकारी खेति सम्वन्धी तालिम प्रदान भएको जनाइएको छ । दलित लक्षित कार्यक्रम अन्र्तगत ३ महिने सिलाई कटाई तालिम समेत गाउँपालिकाले दिएको छ ।

गाउँपालिकाका ८९ अति बिपन्न परिवारलाई जस्तापाता प्रदान गर्ने देखि सामुदायिक भवन निर्माण,पालिकाको स्वामित्वमा रहेको सडक खन्ने मेसिन(जेसिभी)को प्रयोग गरी बाटोको ट्रयाक ओपन गर्ने देखि नियमित सडक मर्मत र स्तरोन्नतीका कार्य भएको समेत गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको भवन निर्माण कार्य पूरा हुने चरणमा रहेको र शीघ्र रुपमा भवन निर्माण कार्य पूरा गरी अरुनयाँ भवनबाट सेवा आरम्भ गर्ने,बिभिन्न बिद्यालयको भवन निर्माण गर्ने सहितका कार्यक्रम पछिल्लो एकबर्षमा पूरा भएका समेत गाउँपालिका अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts