| |

कम्प्युटर एशोसिएसनमा पुनः हाङ्बाङ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १८ । ताप्लेजुङस्थित कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको अध्यक्षमा पुनः विष्णुकुमार हाङ्बाङ लिम्बू चयन हुनुभएको छ । महासंघको ७ औं वार्षिक साधारणसभा तथा चौंथो जिल्ला अधिवेशनमार्फत हाङ्बाङ दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
महासङ्घको जिल्ला कार्यसमिति सात सदस्यीय रहेको छ भने समितिको उपाध्यक्षमा जीवनकुमार श्रेष्ठ, सचिव अरुण श्रेष्ठ र कोषाध्यक्ष पुण्यप्रसाद आचार्य चयन हुनुभएको छ । सदस्यहरुमा जीवन कालिकोटे, अनिता पन्दाक र रस्मी लिम्बू रहनुभएको छ ।
जिल्ला अधिवेशनले महाधिवेशन प्रतिनिधिमा भने राजकुमार गुरुङलाई सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको कार्यकाल दुई वर्षको हुने क्यानले जनाएको छ । जिल्ला अधिवेशन तथा साधारणसभा सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts