मेसीले गरे पेलेको बराबरी

अरुलाई पनि शेयर गरौ !

म्याड्रिड,पुस ५ । लियोनल मेसीले शनिबार एकै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमानमा पेलेको बराबरी गरेका छन् । उनले बार्सिलोनाका लागि ६ सय ४३ औं गोल गरे, तर टिमले स्पेनी ला लिगामा भ्यालेन्सियासँग घरमा २–२ को बराबरीमा चित्त बुझायो । पहिलो हाफको इन्जुरी टाइममा हेडबाट ३३ वर्षीय मेसीले गोल गरे । सन् २००५ मा उनले अल्बासेटविरुद्ध पहिलो गोल गरेका थिए । सन् १९५६ देखि १९७४ बीच पेलेले ब्राजिलको सान्तोसका लागि १९ सिजनमा ६ सय ४३ गोल गरेका थिए । बराबरीका नतिजापछि बार्सिलोना १३ खेलबाट २१ अंकमा सीमित रह्यो । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग आठ अंकको दूरी हो । शनिबारको अर्को प्रमुख खेलमा रियल सोसिडाड लेभान्टेको हातबाट २–१ ले पराजित रह्यो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts