भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,पुस ५ । भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २५ हजार १ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक करोड नाघेको हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ४ हजार ८ सय २५ पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार १ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ४७ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ९५ लाख ५० हजार ७ सय १२ जना निको भएका छन् भने करिब ३ लाख संक्रिय केस रहेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ९५.४६ प्रतिशत संक्रमित निको भएका छन् । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्(आईसीएमआर)का अनुसार शनिबार ११ लाख ७१ हजार ८ सय ६८ नमुना परीक्षण भएको छ । भारतमा शनिबार साँझसम्म १६ करोड ९० हजार ५ सय १४ नमुना परीक्षण भएको छ ।
भारतमा कोरोना खोप प्रयोगका लागि सिरम इन्स्टिच्युटले सरकारसँग माग्यो अनुमति
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा शनिबार बिहानसम्म १ करोड ७४ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा हालसम्म ३ लाख १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैगरी शनिबार बिहानसम्म विश्वभर ७ करोड ५६ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने १६ लाख ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिब ४ करोड २६ लाख निको भइसकेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts