|

काँग्रेस ताप्लेजुङद्धारा सदरमुकाम फुङ्लिङमा प्रदर्शन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर २९ । नेपाली काँग्रेस ताप्लेजुङले सरकार बिरुद्ध सदरमुकाम फुङ्लिङमा प्रदर्शन गरेको छ । सरकारको अधिनायकबादी,जनबिरोधी र आकासिदो महँगी बिरुद्ध भन्दै नेपाली काँग्रेसले सदरमुकाम फुङ्लिङमा प्रदर्शन गरेको हो । पार्टी कार्यालयबाट निस्केको ¥याली नगर परिक्रमा गर्दै बीरेन्द्रचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाइ नेपाली काँग्रेस महासमिति सदस्यद्धय केशवप्रसाद दाहाल र गजेन्द्र तुम्याहाङ तथा पार्टी सचिव मंगल मेन्याङ्वोले लगायतले सम्बोधन गर्नु भएको थियो । दाहाल पूर्व जिल्ला सभापति र तुम्याहाङ पूर्व जिल्ला सचिव हुनुहुन्छ । नारा जुलुस लगाउनेहरुले सरकार जनबिरोधी भएको बताएका थिए । बक्ताहरुले सरकार भ्रष्टाचार नियन्त्रण र शुशासन कायम गर्न तथा जनताका अपेक्षा सम्बोधनमा असफल भएको आरोप लगाए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts