एआई एक्स–रे प्रविधिद्धारा गरिएको परीक्षणमा मैवाखोलाका १५ जनामा सम्भावित क्षयरोगको संकेत,थप परीक्षण हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ६ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा विद्युतीय(डिजिटल)एआई एक्स–रे प्रणालीबाट गरिएको परीक्षणबाट क्षयरोगका १५ जना सम्भावित संक्रमित देखिएपछि उनीहरुको खकार थप परीक्षणका पठाईएको छ ।
मैवाखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाका अनुसार शिविरमा १ सय ७८ जनाको परीक्षण गरिएकोमा शंकास्पद १५ जनाको खकारको नमूना थप परीक्षणका लागि जेन एक्सपर्ट प्रयोगशाला पठाईएको हो ।
मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले उक्त परीक्षण शिविरमा सहयोग गर्ने कोशी प्रदेश सरकार,क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटा,स्वास्थ्य कार्यालय ताप्लेजुङ,पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी,परीक्षणमा स.ल्गन स्वास्थ्यकर्मी र सहयोगीहरुलाई धन्यवाद दिनु भएको छ ।