|

छठ पर्वको सांस्कृतिक बिस्तारले मुलुक झन् एकताबद्ध ः पर्यटनमन्त्री भट्टराइ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर ४ । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराइले छठ पर्वको सांस्कृतिक बिस्तारले मुलुकलाइ झन् एकताबद्ध बनाएको बताउनु भएको छ । उहाँले नेपाल र नेपालीका मौलिक संस्कृतिको आयातन फराकिलो हुँदै गएको भन्दै यसले आपसी मेलमिलाप र सौहाद्र्रतालाइ प्रगाढ र समधुर बनाउने बिश्वास पनि लिनु भएको छ । छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराइले बिगतमा मुख्य रुपमा तराइ मधेसमा मनाइने यो पर्व अहिले काठमाडौ सहित मुलुकका बिभिन्न भूभागमा पनि मनाइन थालिएको भन्दै यसले धर्म,संस्कार र सम्प्रदाय बीच आपसी मेलमिलापमा मुख्य भूमिका निर्वाह गर्ने बताउनु भएको छ । यो एकताले ‘समृद्ध नेपाल,सुखी नेपाली’को महाअभियानलाइ सफल बनाउन मुख्य टेवा मिल्नेमा कुनै शंका नरहेको मन्त्री भट्टराइको भनाइ छ । उहाँले छठ पर्वलाइ नेपालीको सामाजिक सम्वन्ध र साँस्कृतिक सौहाद्र्रताको धरोहरको रुपमा ब्याख्या गर्नु भएको छ । जातीय,धार्मिक र सम्प्रदायिक बिबिधता भएको हाम्रो जस्तो मुलुकमा साँस्कृतिक आयातन जति फराकिलो भयो,उति नै त्यसले जात,धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सहिष्णुता बलियो हुने मन्त्री भट्टराइले बताउनु भएको छ । छठ पर्व मौलिक साँस्कृतिक पृष्ठभूमी संग मात्र नजोडिएको तर्क गर्दै मन्त्री भट्टराइले मानव जीवनको अस्थित्वसंग जोडिएको उर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको अराधना गरेर मनाइने यो पर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व रहेको बताउनु भएको छ । त्यहिँ भएर छठ पर्वलाइ उहाँले प्रकृति र सभ्यताको अनुपम उदाहरणको रुपमा लिनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts