दक्षिण अस्ट्रेलियामा पूर्ण लकडाउन

अरुलाई पनि शेयर गरौ !

अस्ट्रेलिया,मंसिर ४ । कोरोना भाइरसको संक्रमण देखिएसँगै दक्षिण अस्ट्रेलिया राज्य सरकारले बुधबार रातिदेखि लागू हुने गरी ६ दिनका लागि लकडाउन गर्ने भएको छ । राज्यका प्रिमियर स्टिभन मार्सलले अहिले देखिएको भाइरसको संक्रमणको चेन रोक्नका लागि लकडाउन आवश्यक भएको बताएका छन् । घरबाहिर निस्कनु परेमा मास्क लगाउन अनिवार्य गरिएको छ । सरकारको यस निर्णयसँगै राज्यका सबै शैक्षिक संस्था बन्द हुने भएका छनु भने सर्वसाधारणलाई घर बाहिर निस्कन बन्देज लगाइएको छ । दक्षिण अस्ट्रेलियाको पराफिल्ड भन्ने स्थानबाट समुदायमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले थप फैलन नदिनका लागि पूर्णरुपमा लकडाउन गर्न निर्णय गरिएको समाचारमा जनाइएको छ । दुई दिनको अवधिमा अहिलेसम्म जम्मा २२ जनामा संक्रमण देखिएको हो । संक्रमण रोक्नका लागि भाइरस फैलिएको स्थानमा रहेका विद्यालय, नर्सिङहोम, फास्टफुडलाई दुई दिनअघि नै बन्द गरिएको थियो । लकडाउनमा अत्यावश्यक कामबाहेक सबैलाई घरबहिर निस्कन बन्देज लगाइएको छ । प्रिमियरका अनुसार एक घरबाट एक जनामात्र अत्यावश्यक भए बाहिर निस्कन पाउनेछन् भने कृषिक्षेत्रमा काम गर्ने, स्वास्थ्यकर्मीलगायतले भने काममा जानका लागि घर बाहिर निस्कन पाउनेछन् । संक्रमितको सम्पर्कमा आएका तथा आशंका गरिएका ४ हजार बढीलाई क्वारेन्टाइनमा राखिएको स्थानीय समाचारमा जनाइएको छ । प्रिमियर मार्सलका अनुसार राज्यका सबै विद्यालय, विश्वविद्यालय बन्द हुनेछन भने रेस्टुरेन्ट, बार, पब सबै बन्द गरिनेछ । रेस्टुरेन्टले दिने टेक अवे सुविधा समेत ६ दिनका लागि बन्द गरिने भएको छ । न्यु साउथ वेल्स र भिक्टोरियाबाहेकका सबै राज्यले दक्षिण अस्ट्रेलियासँगको सिमाना बन्द गर्ने निर्णय गरिसकेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts