|

आरोहण बढी हुने क्षेत्रमा पर्यटन बिषय पढाइ हुने पर्यटन मन्त्रीको भनाइ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक २५ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने बताउनु भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको वडा नं साँघुमा अवस्थित नारायणी माध्यमिक विद्यालयमा पर्यटन तथा पर्वतारोहण बिषय अध्यापनको मंगलवार शुभारम्भ गदै मन्त्री भट्टराईले हिमाल आरोहणमा चासो राख्ने देशका विभिन्न क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने बताउनु भएको हो । मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकोले यहाँको पर्यटन प्रवद्र्धनसँगै विकास गर्नका लागि पर्यटन शिक्षा आवश्यकताको बिषय भएको समेत बताउनुभयो । मन्त्री भट्टराईले ८ हजार मिटर माथिका विश्वका १४ वटा हिमाल मध्ये ८ वटा नेपालमा रहेको बताउँदै हिमाल आरोहण गर्नका लागि बर्षेनी हजारौ मानिस हिमाल चढ्न बिदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा आवश्यक पर्ने शैक्षिक दक्ष जनशक्ति उत्पादनको लागि पर्यटन बिषय अध्यापन शुरु गरेको उहाँले बताउनुभयो । नेपालमा नारायणी मावि पर्यटन तथा पर्वतारोहण बिषय पढाइ सुरु गर्ने पहिलो विद्यालय भएको समेत उहाँको दावी छ । मंगलवार नै नारायणी माविमा कक्षा ११ र १२ मा अध्यापनको लागि शनिवार सम्झौत्ता पत्रमा हस्ताक्षर भएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र नारायण माविका प्रधानाध्यापक गणेशबहादुर प्रसाई बीच सम्झौत्ता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा प्रतिष्ठानको तर्फबाट कक्षा ११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित बिषय अध्ययन अध्यापन गराउन अनुभवी प्रशिक्षकहरु उपलब्ध गराउने,पर्यटन र पर्वतारोहण विषयका पाठयक्रम र अध्ययन सामाग्री उपलब्ध गराउने आवश्यकता अनुसार अन्य प्राविधिक तथा शैक्षिक सहयोग गर्ने भएको छ । विद्यालयको तर्फबाट पर्यटन तथा पर्वतारोहण विषय कक्षा ११ र १२ मा अध्यायन गराउने,अध्यापनमा संलग्न शिक्षकको ब्यवस्थानपन, पाठ्यक्रका लागि पुस्तकालय लगायतका सामाग्री विद्यालय उपलब्ध गराउने सहमति भएको हो ।
फोटो ः पर्यटन तथा पर्वतारोहण बिषय अध्यापनको बिषयमा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नारायण मावी साँघु बीच सम्झौता हुदै । साथमा पर्यटनमन्त्री भट्टराइ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts