|

शनिबारे हाट आएका सर्वसाधारणलाई मास्क वितरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २७ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लाग्ने शनिबारे हाट बजार आएका सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । विश्वभर फैलिएको कोरना भाइरस (कोभिड–१९) बारे सजग रहन सचेत गराउँदै नेपाल महिला संघ ताप्लेजुङले निःशुल्क मास्क वितरण गरेको हो ।
नेपाल महिला संघले फुङ्लिङ बजारको तोक्मेडाँडामा लाग्ने शनिबारे हाटमा किनमेल गर्न र आफूले उत्पादन गरेको तरकारी लगायतका वस्तु बिक्री गर्न आएका सर्वसाधारणलाई सर्जिकल मास्क वितरण गरेको हो । हाट बजारमा मास्क वितरण गर्दै सङ्घका जिल्लास्तरीय नेतृत्वहरुले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्न, भीडभाडमा नजान र सरसफाइमा ध्यान दिन सर्वसाधारण आग्रह गरेका छन् ।

दृष्टि बिहीन विद्यार्थीलाई खाद्यान्न सामग्री वितरण गर्दै प्रदेश सांसद प्रतापप्रकाश हाङ्गाम । तस्बिरः प्रयास लिम्बू

बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा सर्वसाधारणलाई मास्क वितरण गरेको नेपाल महिला संघकी जिल्ला अध्यक्ष मीना गुरुङले बताउनुभयो । सोही अवसरमा पाथीभरा क्याम्पसमा अध्ययनरत दृष्टि बिहीन तीनजना बिद्यार्थीलाई चामल, दाल, नुन, तेल लगायत खाद्यान्न सामग्री पनि वितरण गरिएको गुरुङले बताउनुभयो । प्रदेस सभाका सदस्य प्रतापप्रकाश हाङ्गाम, महिला संघको मातृ पार्टी नेपाली काँग्रेसका महासमिति सदस्य गजेन्द्र तुम्याहाङ लगायतको उपस्थितिमा मास्क तथा खाद्यान्न सामग्री वितरण गरिएको पनि महिला संघले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts