| |

१५६ जना संक्रमित थपिए, ५८ जना डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, साउन ४ । आइतबार नेपालमा थप १५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थप भएकासमेत हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।
विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षण गरिएको थियो । आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । यो संख्यासमेत हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts