कित खटाएको ठाउँमा जान,कित छात्रबृत्तिमा अध्ययन गर्दाको सरकारी लगानी फिर्ता गर्न कोशी प्रदेशका स्वास्थ्य मन्त्री लिम्बूको निर्देशन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २२ । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला लिम्बूले सरकारको छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सकका अघि पठाएको ठाउँमा गएर सेवा दिने वा सरकारको लगानी फिर्ता गर्ने दुईमध्ये एक बिकल्प मात्र बाँकी रहेको बताउनु भएको छ । सरकारले पठाएको ठाउँमा नगई सुगम रोज्ने प्रवृतिको अन्त्यका लागि अब सरकार कठोर रुपमा प्रस्तुत हुने उहाँको भनाईथियो ।
प्रदेश मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आइपुग्नु भएकी उहाँले ताप्लेजुङ जिल्ला अस्पतालको अनुगमन र अस्पताल परिवारसंग छलफल गर्दै यस्तो बताउनु भएको हो । प्रदेशका पहाडी जिल्लाहरूमा चिकित्सकको कमीका कारण सेवा प्रवाहमा समस्या भइरहेकाले छात्रवृति करारमा अध्ययन गरेका चिकित्सकहरू विभिन्न जिल्लामा खटाइएको भएपनि तोकिएको स्थानमा जान आनाकानी गरिरहेकोप्रति लक्षित गर्दै बिकल्प रोज्न सुझाउनुभयो । ‘दुर्गममा बस्दा आफुले ओ.टी गर्न पाइन्न भन्ने मनोविज्ञान बोकियो भने यसले स्वास्थ्य सेवा बितरण प्रभावकारी हुदैन’उहँको भनाई थियो । खटाएको ठाउँमा नगई काममा आनाकानी गर्ने प्रवृतिको अन्त्य हुन जरुरी रहेको भन्दै उहाँले यस्तो प्रवृति अब नचल्ने बताउनुभयो । अस्पतालमा सामग्रीमात्र खरिद गर्ने तर चिकित्सक तथा सम्वन्धित क्षेत्रको विज्ञ नहुने हो भने त्यो लगानी राज्य कोषको दुरुपयोग जस्तै हुने भएकोले यसका बारेमा प्रदेश सरकार गम्भिर बनेको उहाँको भनाई थियो । उहाँले सेवाग्राहीले खोजेको बेला चिकित्सक र स्वास्थ्यकर्मी हरहालतमा तयारी अवस्थामा रहेर सहज र सरल सेवा प्रदान गर्न कञ्जुस्याँई गरिए त्यो सैह्य नहुने पनि बताउनुभयो । राज्यले निःशुल्क दिएको औषधि जनताले सहज रुपमा पाउने व्यवस्था मिलाउन उनले ताप्लेजुङ जिल्ला अस्पतालका कर्मचारीलाई निर्देशन समेत दिएकी छन् ।
यसैबीच,एक वर्ष अघिनै प्रदेश सरकारबाट ५० शैयाको अस्पताल बनाउनका लागि सेवा आरम्भ शिलान्यास गरिएको भएतापनि निर्माण कार्यले कुनै गति नपाएको जानकारी गराउँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले मन्त्री लिम्बूलाई ध्यानाकर्षण पत्र समेत बुझाउनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts