| |

एकीकृत समाजवादी सम्वद्ध तीन भातृसंस्थाको नयाँ कार्यसमिति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ७ । ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्वद्ध तीनवटा संस्थाको एकसाथ समिति गठन गरिएको छ । पेशागत महासंघ नेपाल, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालको नयाँ समिति गठन गरिएको हो ।
सदरमुकाम फुङ्लिङमा तीनवटै भातृसंस्थाले शनिबार जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति गठन गरेको हो । पेशागत महासंघ नेपालको दोस्रो अधिवेशनले मुकुन्द भट्टराई अध्यक्ष रहेको १६ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । उक्त संस्थाको कार्यसमिति उपाध्यक्षमा गंगा नाल्बो, महिला उपाध्यक्षमा हर्कमति लिम्बू, महासचिव लेखनाथ गुरागाईं, सचिव कमल लामगादे, सहसचिव दिलबहादुर विक र कोषाध्यक्षमा मञ्जु राई रहनुभएको छ ।
यस्तै प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति अध्यक्षमा कमल भट्टराई चयन हुनुभएको छ । उपाध्यक्षमा मोहनसिंह सामेखाम, महिला उपाध्यक्ष संगिता घिमिरे, सचिव बञ्जावी ओख्राबु र हरि तामाङ तथा कोषाध्यक्षमा दीपक भण्डारी रहनुभएको छ ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपालमा भने अध्यक्ष प्रकाश गुरुङ, उपाध्यक्ष गंगा नाल्बो, महिला उपाध्यक्ष संगिता राई, सचिव मनिता भट्टराई र कोषाध्यक्षमा सुरेन्द्र नाल्बो लिम्बू चयन हुनुभएको छ । शिक्षक संगठनको १५ सदस्यीय र कर्मचारी संगठनको ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । उक्त दुवै संस्थाको भने प्रथम जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।
तीनवटै संस्थाको कार्यसमिति सर्वसम्मत चयन गरिएको नवनिर्वाचित प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष कमल भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार संगठनहरुको विधानबमोजिम प्रदेश तथा केन्द्रीय प्रतिनिधि पनि अधिवेशनले छनोट गरेको छ । अधिवेशन एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख चेतनाथ न्यौपानेको उपस्थितिमा सम्पन्न गरिएको हो । त्यस्तै समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देलको पनि उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts