एमालेले अघि सार्ने राष्ट्रपति उम्मेदवारलाई अरु दलको पनि समर्थन हुने भट्टराईको बिश्वास

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ २२ । एमाले सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले एमालेले प्रस्ताव गर्ने राष्ट्रपति उम्मेदवारलाई अरु दलले पनि समर्थन गर्ने बिश्वास लिनु भएको छ ।
उहाँले सभामुख र राष्ट्रिय सभाका उपाध्यक्षजस्ता पदमा सहमति भइरहेको बेला राष्ट्रपति र उपराष्ट्रपतिमा पनि गठबन्धन कायम रहने दाबी गर्नुभयो । प्रेस चौतारी ताप्लेजुङद्धारा आयोजित २५ औं स्थापना दिवस तथा पुरस्कार र सम्मान कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई बिबादमा तान्न नहुने बताउनुभयो । राष्ट्रपति सम्मानित संस्था भएकोले कसैले कुनै राजनीतिक दलको घेरामा ल्याएर बिबादित बनाउन नहुने उहाँको भनाई थियो । मुलुकको दीर्घकालिन विकास र समृद्धिका लागि स्थायी सरकार र सदन आवश्यक हुनेमा जोड भट्टराईको जोड थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts