माघ १४ गते ताप्लेजुङ रन प्रतियोगिता हुने
ताप्लेजुङ,माघ ८ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा माघ १४ गते ताप्लेजुङ रन प्रतियोगिता हुने भएको छ । ताप्लेजुङ रनले दौड गर्न सुरु गरेको एक सय हप्ता पुगेको अवसरमा सो दौड प्रतियोगिता गर्न लागिएको ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवासले जानकारी दिनुभयो ।
‘स्वस्थ्य शरिर सुन्दर मन,स्वास्थ्य नै सबैभन्दा ठूलो धन,रन रन ताप्लेजुङ रन,लागु औषध दुव्र्यसनविरुद्ध हाम्रो अभियान’भन्ने नारा सहित तीन बिधामा रन प्रतियोगिताका सञ्चालन हुुन लागेको खवासले जानकारी दिनुभयो । खवासका अनुसार प्रतियोगितामा ७ वर्ष देखि ११ वर्ष उमेर समूहका लागि साढे तीन किलोमिटर,१२ वर्ष देखि १६ वर्ष उमेर समूहका लागि ५ किलोमिटर दौड र १७ वर्ष भन्दा माथिका सबैका लागि १० किलोमिटर खुल्ला दौड गरी तीन उमेर समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा महिला र पुरुष दुबैतर्फ समान पुरस्कार राखिएको समेत उहाँले जानकारी दिनुभयो । ७ वर्ष देखि ११ वर्ष उमेर समूहतर्फ प्रथम हुनेले ५ हजार, द्धितीय हुनेले ३ हजार र तृतीय हुनेले पन्ध्रसय रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै १२ वर्ष देखि १६ वर्ष उमेर समूहतर्फ प्रथम हुनेले ७ हजार, द्धितीय हुनेले ४ हजार र तृतीयले २ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने ताप्लेजुङ रनले जनाएको छ ।
१७ वर्ष भन्दा माथिको खुल्ला दौडमा प्रथम हुनेले १० हजार, द्धितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने खवासले जानकारी दिनुभयो । ताप्लेजुङ रनले हरेक हप्ताको शनिवार बिहान स्र्फुत रुपमा दौडन पाउनेगरी रन सञ्चालन गर्छ । भूपु गोर्खा सैनिक ताप्लेजुङको फुङलिङका दीपेन गुरुङले ताप्लेजुङ रनको परिकल्पना गर्नु भएको हो ।