| |

समाजको अध्यक्षमा पुनः शंकर श्रेष्ठ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ७ । ताप्लेजुङस्थित नेपाल भाषा तथा साँस्कृतिक समाजको अध्यक्षमा पुनः शंकर श्रेष्ठ चयन हुनुभएको छ । श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय समाजको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
सदरमुकाम फुङ्लिङमा शुक्रबार सम्पन्न समाजको १२ औं साधारणसभा तथा छैटौं जिल्ला अधिवेशनले कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा किशोर श्रेष्ठ, सचिव अरुण श्रेष्ठ, सहसचिव रेजिना श्रेष्ठ र कोषाध्यक्षमा भुवन श्रेष्ठ चयन हुनुभएको छ ।
सदस्यहरुमा भूमिका श्रेष्ठ, निरन श्रेष्ठ, रमेश श्रेष्ठ, अशोक श्रेष्ठ, बाबुराम श्रेष्ठ, दीपेश श्रेष्ठ, हर्क श्रेष्ठ, निकेश श्रेष्ठ, जननी श्रेष्ठ र निकेश श्रेष्ठ (ख) रहनुभएको छ । कार्यसमितिमा दुईजना सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल भाषा तथा साँस्कृतिक समाज नेवार समुदायको जातीय संस्था हो । यता कार्यसमितिको कार्यकाल तीन वर्षको हुने समाजले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts