|

मैवाखोलामा ट्रयाक्टर दुर्घटनाः चारजनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलासहित चारजनाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका वडा नं ४ र ५ को सिमानास्थित याम्फेवा खोलामा उक्त ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलास राईका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा ट्रयाक्टरका चालक मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३१ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय फुर्वा शेर्पा, सोही गाउँपालिका वडा नं. ४ साँघुका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लासी रहेका छन् । चालक शेर्पा र पासाङ एकैघरका दाजुभाइ हुन् भने सर्मिला र लासी पनि एकै दिदी बहिनी भएको प्रनाउ राईले बताउनुभयो ।
ढुङ्गेसाँघुको तेल्लाबुङदेखि फाकुम्बातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ । यता दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ भने घटनास्थलतर्फ प्रहरी टोली गएको प्रनाउ राईले जानकारी दिनुभयो । ट्रयाक्टर दुर्घटना गएराति (मङ्गलबार राति) करिव १२ः३० बजेतिर भएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts