|

ढुंगेसाँघुमा वृद्ध मृत अवस्थामा फेला

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २१ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु तेल्लाबुङका ७५ वर्षीय मुकुन्द थोप्रा लिम्बू बिहीबार राति मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आफ्नो घरदेखि करिव तीनसय मिटर टाढा कोदोबारीमा लिम्बू मृत अवस्थामा फेला परेका हुन् । भाइको घर जाने भनी आफ्नो घरबाट हिँडेका वृद्ध लिम्बूको लडेर मृत्यु भएको बताइएको छ ।
बिहीबार राति साढे ९ बजेतिर फेला परेको लिम्बूको शवको निगरानी ढुङ्गेसाँघु प्रहरी चौकीले गरिरहेको छ । जिल्ला बाहिर रहेका उहाँका आफन्तहरु आइपुगेपछि मात्र घटनाको मुचुल्का विवरण उठाइने भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts