एमाले महाधिबेशनमा प्रतिनिधि चयनमा ताप्लेजुङमा नयाँ ट्विस: सहमतिको सम्भावना बलियो

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ११ । नेकपा एमालेको महाधिबेशनमा ताप्लेजुङबाट जाने १२ जना प्रतिनिधि चयनका लागि सहमतिको अन्तिम प्रयास सुरु गरिएको छ ।

बुधवारसम्म सहमति नभएपछि निर्वाचन समितिले निर्वाचनका कार्यक्रम अघि बढाएपछि अहिले अपरान्ह देखि फेरि सहमति खोज्ने प्रयासमा नेताहरु छलफलमा जुटेका छन् ।

‘सहमति हुने सम्भावनालाई जीवित राखेर नेताहरु छलफलमा जुट्नु भएको छ’राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष हेमराज निरौलाले बताउनुभयो ।

Similar Posts