ताप्लेजुङमा मिटरव्याजी धन्दा

अरुलाई पनि शेयर गरौ !

सत्तारुण दल नेपाल कमन्युष्ट पार्टी एकीकृत समाजवादी पार्टी ताप्लेजुङले नेपालको विभिन्न जिल्लामा मौलाउदै गएको मिटरव्याजीको धन्दाको विरोध जनाएको छ  ।
आइतवार एक पे्रस विज्ञप्ती निकालेर सो पार्टीले विरोध जनाएको हो  ।
जिल्ला अध्यक्ष छिरिङ लामाद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपालका नवलपरासी, दाङ,कपिलवस्तु,सर्लाही,कैलाली लगायतका जिल्ला र गाउँगाउँमा मौलाएको मिटरव्याजी धन्दाले ऋणीलाई ऋण प्रवाह गर्दा केही रकम अग्रीम कट्टी गरि पुरै व्याज असुल्ने,प्रचलीत व्याज भन्दा चर्को कर्जा दिने जस्ता आर्थीक अपराधले पार्टीको गम्भीर ध्यानाकर्षण भएको वताइएको छ ।
साथै यस किसिमको गम्भीर आर्थीक अपराधले समाजमा परिवारमा विखण्डन आउने,आफन्तजन र परिवारमा विलाप ल्याउने,गाउँ र समाजवाट पलायन हुनुपर्ने,घरवार विहिन हुने जस्ता विकराल समस्या सिर्जना हुनसक्ने भन्दै उक्त धन्दामा संलग्लाई कानुनी दयारामा ल्याई यस्तो अपराध न्युनीकरण गर्न सरकार सँग माग राखेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts