|

ताप्लेजुङ उद्योग वाणिज्य संघले सार्वजनिक गर्‍यो पर्व छुट मूल्य, कुनमा कति?

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ७ । दशैं तिहार जस्ता चाडपर्वको अवसर पारेर ताप्लेजुङ उद्योग बाणिज्य संघले असोज ८ गते देखि कात्तिक १५ गते सम्म लागु हुनेगरी छुट सहित दैनिक उपभोग्य बस्तुको अधिकतम् खुद्रा मूल्य सार्वजनिक गरेको छ ।

जस अनुसार २५ रुपैंया छुट सहित ५० किलोग्राम सोना चामल मूल्य प्रतिबोरा २ हजार ४ सय ७५ कायम गरिएको ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापाले जानकारी दिनुभयो । यस्तै २५ रुपैंया छुट सहित ५० किलोग्राम किसान गोयल चामल मूल्य प्रतिबोरा ३ हजार ५० तथा प्रतिकिलो खुद्रा मूल्य ६२ रुपैंया कायम गरिएको छ ।

२५ किलोग्राम जिरा मसिनो चामलको मूल्य २५ रुपैंया छुट सहित २ हजार १ सय २५,३० किलोग्राम वजनको जुनेली चामल प्रतिबोरा २५ रुपैंया छुट सहित २ हजार ५० र ५ किलो वजनको बास्मति मख्खन चामल २० रुपैंया छुट सहित प्रति प्याकेट ६ सय ८० रुपैंया कायम भएको ताप्लेजुङ उद्योग बाणिज्य संघले जनाएको छ ।

यस्तै चिनी ५ रुपैंया छुट सहित प्रतिकिलो ९५,खुल्ला चिउरा ५ रुपैंया छुट सहित प्रतिकिलो ६५ र आयोनुन २ रुपैंया छुट सहित प्रति प्याकेट २८ रुपैंया मूल्य निर्धारण गरिएको छ । ५ किलोग्राम वजन भएको ४ सय रुपैंया पर्ने र २ किलो वजन भएको १ सय ८० रुपैंया पर्ने आँटाको मूल्य घटाइएको छैन । ठूलो दाना भएको मुसुरी दाल तथा फाका कालो दालको प्रत्येकमा प्रतिकिलो मूल्य १० रुपैंया छुट सहित प्रतिकिलो १६० रुपैंयाका दरले निर्धारण गरिएको छ ।

घैला तोरी तेलमा प्रतिलिटर १० रुपैंया छुट दिएर ३ सय ३० तथा अन्य तोरीतेल १० रुपैंया नै छुट दिएर प्रतिलिटर २ सय ९० कायम गरिएको ताप्लेजुङ उद्योग बाणिज्य संघले जनाएको छ । यस्तै सूर्यमुखी तेल सेलो पौच प्रतिलिटर १० रुपैैंया छुट दिएर २ सय ९० तथा अन्य सूर्यमुखी तेल १० रुपैंया छुट दिएर प्रतिलिटर २ सय ८० रुपैंया कायम गरिएको छ ।

६ सय रुपैंया प्रतिकिलो पर्ने प्याकेट जिरामा छुट दिइएको छैन । १ सय २५ रुपैंया प्रतिकिलो पर्ने हरियो मिटरमा ५ रुपैंया छुट दिएर प्रतिकिलो १ सय २० तथा १ सय २० रुपैंया प्रतिकिलोपर्ने चनामा ५ रुपैया छुट दिएर प्रतिकिलो १ सय १५ रुपैंया कायम गरिएको छ । चुनामा प्रतिपोका १० रुपैंया छुट दिएर १ सय ४० रुपैैंया कायम गरिएको छ । खाना पकाउने ग्याँस प्रति सिलिण्डर २ हजार ५० उल्लेख भएको पाथीभरा ग्याँसमा छुट दिईएको छैन भने २ हजार १ सय ५० पर्ने मेची र कन्काई ग्याँसमा ५० रुपैया छुुट दिएर २ हजार १ सय रुपैंया कायम भएको छ ।

ताप्लेजुङ उद्योग बाणिज्य संघले जुत्ता चप्पल,लत्ताकपडा,रंगरोकन,कष्मेटिक तथा श्रिंगार सामग्री,सुनचाँदीका गरहगनाको तयारी ज्याला र थान कपडाको सिलाई ज्याला प्रत्येकमा १० प्रतिशत छुट गरी बिक्री बितरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । उसले उपभोग्य मिति समाप्त भएका सामग्री,पटका,भुईचम्पा र आकाशबाजी सहितका बिष्फोटक पदार्थको बिक्री बितरण नगर्न समेत व्यवसायीहरुलाई सचेत गराएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts