सिटिजन लाईफमा बीमा गराएका एक व्यक्तिले पाउने भए चार तहको सुबिधा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ९ । सिटिजन बाल भबिष्य बीमा योजनामा १७ बर्षे जीवन बीमा गराएका ताप्लेजुङको फुङ्लिङ वडा नं ३ का एक बालकका बुबाको मृत्युपछि बीमित बालकका आफन्तले बीमा कम्पनीबाट चारवटा सुबिधा पाउनु हुने भएको छ । चार सुबिधा मध्ये पहिलो तहको सुबिधा मंगलवार बालककी आमालाई प्रदान गरिएको छ । त्यो भनेको बिमितका अभिभावकले पाउने बीमा बापतको रकम हो । ५ लाख रुपैंयाको जीवन बीमा गराएका बालकका प्रमिश खातीका बुबा बुद्धिमानको गत फागुन २८ गते मृत्यु भएपछि उहाँकी आमा गायत्रीलाई पहिलो तहको सुबिधा प्रदान गरिएको सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका ताप्लेजुङ शाखा प्रवन्धक सन्तोष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्धिमान प्रस्तावक बनेर छोरा प्रमिशको २०७६ साल मंसिर ८ गते ५ लाख बराबरको जीवन बीमा गराउनु भएको थियो । बाल भबिष्य बीमा योजनामा सहभागिता हुँदा बिमित बालबच्चाका बाबु वा आमा मात्र प्रस्ताव बस्न पाउने प्रावधान रहेको छ । प्रमिशको बीमा बापत पहिलो किस्ता मात्र भुक्तानी गर्नु भएका बीमा प्रस्तावक बुद्धिमानको मृत्युपछि बीमा कम्पनीले बीमा प्रिमियम तिरिदिने प्रस्तावकै मृत्युपछि बाँकी किस्ता आफैंले तिर्नेगरी पहिलो सुबिधा बापत प्रमिशकी आमा गायत्रीलाई ५ लाख ५० हजार रुपैंया मंगलवार हस्तान्तरण गरेको छ । त्यो मध्ये ५ लाख रुपैंया बीमा र ५० हजार रुपैंया किरिया खर्च बापतको रकम रहेको सिटिजन लाईफ बीमा कम्पनी ताप्लेजुङका प्रवन्धक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमिश र उनका अभिभावकले अब तीनवटा बिशेष सुबिधा पनि पाउनु हुने छ । १७ बर्षे बीमा गराएका प्रमिशको अध्ययन खर्च बापत सिटिजनले प्रमिशलाई मासिक ५ हजार रुपैंया उपलब्ध गराउने छ भने बाँकी १६ बर्षको बीमा बापतको प्रिमियम पनि कम्पनीले नै व्यहोर्ने छ । भट्टराईका अनुसार प्रमिशले बीमा अवधि अर्थात् बीमा गरेको अवधि देखि १७ बर्ष नपुगिञ्जेल सम्म प्रतिमहिना ५ हजार रुपैंयाका दरले अध्ययन खर्च पाउनु हुने छ । १६ बर्षको बीमा बापतको प्रिमियम रकम समेत जम्मा गरिदिने बीमा कम्पनीले १७ बर्ष पूरा भएपछि बिमित प्रमिशलाई ५ लाख रुपैंया र कम्पनीको बोनस समेत प्रदान गर्ने भएको छ । एउटा बीमाबाट चारवटा सुबिधा पाउने भएपछि बिमित बालककी आमा गायत्रीले सिटिजन बीमा कम्पनीले आफ्नो आलो घाउ पुर्नमा ठूलो सहयोग गरेको बताउनुभयो । बीमा रकम बितरण गर्दै फुङ्लिङ नगरपालिका वडा नं ४ का वडाध्क्ष जीतेन लिम्बूले बाल बीमा यो योजना अभिभावक र सन्तती दुबैका लागि जोखिम बहन गर्ने भरपर्दो माध्यमको रुपमा विकास हुने बिश्वास लिनुभयो । सिटिन लाईफ इन्स्योरेन्सका एजेन्सी मेनेजर अञ्चल नाल्वोले आफुहरुलाई यो तहको सुबिधा प्रदान गर्न पाउँदा बीमा कम्पनीकै साखमा बृद्धि भएको अनुभूति सुनाउनुभयो ।
फोटो ः मृत्यु दावी भुक्तानी हस्तातन्तरण गर्दै फुनपा–४ का वडाध्यक्ष जीतेन लिम्बू । तस्बिर ः उज्यालो पोष्ट ।

Similar Posts