|

नेकपा ताप्लेजुङमा असलको नेतृत्वमा नयाँ कमिटी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २१ । नेत्र बिक्रम चन्द’विप्लव‘ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङको दोस्रो जिल्ला अधिबेशनले असल पन्दाकको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

मिक्वाखोलाको खोक्लिङमा सोमवार सुरु भएको जिल्ला अधिबेशनको बन्दसत्रले मंगलवार नयाँ नेतृत्व चयन गरेको हो । जिल्ला अधिबेशनको उद्घाटन सत्रलाई पार्टीका केन्द्रीय सदस्य तथा ताप्लेजुङ–पाँचथर इञ्चार्ज संगीत लिम्बूले सम्बोधन गर्नु भएको पन्दाकले जानकारी दिनुभयो । बर्तमान संसदीय व्यवस्थाले मुलुक आर्थिक,सामाजिक,राजनीतिक र सांस्कृतिक रुपमा परनिर्भर हुँदै गएकोले वैज्ञानिक समाजवादले मात्र यसको निकास दिने लिम्बूको भनाई थियो ।

अधिबेशनमा सबै पालिकाका प्रतिनिधि र पर्यवेक्षक गरी ९३ जनाको सहभागिता रहेको समेत पन्दाकले जानकारी दिनुभयो । अधिबेशनले केन्द्रीय महाधिशेनका लागि ५ जना प्रतिनिधि चयन गरेको छ भने ७ जनाको सल्लाहकार परिषद् समेत चयन गरेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts