एसईई ग्रेडबृद्धि परीक्षाका लागि ताप्लेजुङमा चारकेन्द्र तय,केन्द्राध्यक्ष समेत चयन,कुन बिद्यालयका बिद्यार्थी कहाँ ?
ताप्लेजुङ,भदौ ९ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को भदौ ११ र १२ गते हुने ग्रेडबृद्धि परीक्षाका लागि ताप्लेजुङमा केन्द्र र केन्द्राध्यक्ष तोकिएका छन् ।
सदरमुकाम फुङलिङका तीनवटा बिद्यालयहरुमा चार केन्द्रमार्फत परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार भानुजन माविमा ‘क’ र ‘ख’ गरी दुई केन्द्र,लिटिलबुद्ध ईङलिस बोर्डिङ स्कुल र युवाबर्ष मावि कैंजलेमा परीक्षा केन्द्र तोकिएको छ । भट्टराईका अनजुसार भानु मावि ‘क’ परीक्षा केन्द्रमा राजमणि प्याकुरेल, ‘ख’ केन्द्रमा युवराज पौडेल,लिटिलबुद्ध परीक्षा केन्द्रमा युवराज गिरी र युवाबर्षमा चन्द्रमणि पौडेल केन्द्राध्यक्ष चयन हुनु भएको छ । परीक्षा केन्द्र सञ्चालन हुने बिद्यालयका प्रधानाध्यापक/प्रिन्सिपल वा बरिष्ठ शिक्षक केन्द्राध्यक्ष तोक्न सकिने प्रावधान रहेको छ ।
पहिलो दिन ११ गते १ हजार १ सय २४ जनाले र दोस्रो दिन १२ गते ५ सय ६७ जनाले ग्रेडबृद्धिको परीक्षा लेख्ने विकास तथा समन्वय ईकाईले जनाएको छ । पहिलो दिन लिटलबुद्ध परीक्षा केन्द्रमा २ सय ८२ जनाले,भानु मावि ‘क’ केन्द्रमा २ सय ६९ जना र ‘ख’ केन्द्रमा २ सय ८७ जनाले तथा युवाबर्षमा २ सय ८६ जनाले परीक्षा लेख्ने भएका छन् । दोस्रो दिन लिटलबुद्ध परीक्षा केन्द्रमा १ सय ५७ जनाले, भानु मावि ‘क’ केन्द्रमा १ सय ३६ जना र ‘ख’ केन्द्रमा १ सय २९ जनाले तथा युवाबर्षमा १ सय ४५ जनाले परीक्षा लेख्ने छन् ।
लिटलबुद्धमा ९,भानु मावि‘क’मा १० र ‘ख’मा २६ तथा युवाबर्षमा २१ वटा बिद्यालयका बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् । शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख भट्टराईका अनुसार एउटा मात्र बिषयको ग्रेडबृद्धि परीक्षा लेख्नेले पहिलो दिन भदौ ११ गते नै परीक्षा लेख्नुपर्ने हुन्छ । दुईवटा बिषय लेख्नेको हकमा कोडमध्ये सानो कोड भए पहिलो र ठूलो कोड भए दोस्रो दिन परीक्षा लेख्नुपर्ने उहाँले जानकारी दिनुभयो । माध्यमिक शिक्षा परीक्षाको नियमिततर्फ २ हजार २ सय २३ जनाले परीक्षा लेख्न आबेदन गरेकोमा करिव १ सय ५० जना उतिबेलाकै परीक्षाको अनुपस्थित भएको समेत शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।