|

पाथीभरामा लिफ्टिङ प्रविधिद्धारा पानी पु¥याउने कार्य अन्तिम चरणमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३२ । केन्द्रीय बिद्युत प्रसारण लाइन जोडिने बित्तिकै ‘लिफ्टिङ’ प्रविधिबाट पूर्वकै पवित्र तीर्थस्थल पाथीभरा मन्दिरमा पानी पु¥याउन सकिने निर्माण कम्पनीले दावी गरेको छ ।

‘लिफ्टिङ’ प्रविधिको कार्य अन्तिम चरणमा पुगेको र केन्द्रीय बिद्युत प्रसारण लाइन जडानको काम भइरहेकोले बिद्युत उपलब्ध हुने बित्तिकै खानेपानी आपूर्तिका लागि परीक्षण हुने निर्माण कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले जानकारी दिनुभयो ।‘बिद्युत जडान भइसकेको भए लिफ्टिङ प्रविधिको पानी बलुडाँडा सम्म पु¥याउन सकिन्थ्यो’थापाले भन्नुभयो । पूर्वाधारका अरु काम सकेर मटरपम्प जोड्ने काम समेत लगभग सकिएको उहाँले बताउनुभयो । काफ्लेपाटीमा प्रमुख(इन्टेक)ट्याङ्की निर्माण भएको छ । काफ्लेपाटी,बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँ पाटी र पाथीभरा मन्दिरमा गरी अन्य छ वटा ट्याङ्की निर्माण भएको समेत उहाँले बताउनुभयो । लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने प्रक्षेपण रहेको थापाले सुनाउनुभयो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले मटरपम्प जडान सहितका सबै कार्य पूरा हुने र बिद्युत समेत उपलब्ध हुने हो भने लिफ्टिङ प्रविधिमार्फत पाथीभरा मन्दिरमा पानी लैजाने कार्यको परीक्षण हुने बताउनुभयो ।‘लगभग सबै काम सकिएर योजना अन्तिम चरणमा छ’काफ्लेले भन्नुभयो । कूल ८ करोड २२ लाख १६ हजार ३ सय ६० रुपैंया लागत रहेको यो आयोजना सहलगानीको आयोजना हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार क्ष्नेपाल सरकार अन्र्तगत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत तथा पाथीभरा क्षेत्र विकास समितिमार्फत ३० प्रतिशत लागत साझेदारीमा पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ योजना निर्माण भएको हो । कूल मध्ये नेपाल सरकारको ५ करोड ७५ लाख ८१ हजार ४ सय ५२ रुपैंया र पाथीभरा क्षेत्र विकास समितिको २ करोड ४६ लाख ३४ हजार ९ सय ८ रुपैंया सहलगानी छ । पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत प्रेरा विष्णु जेभीले निर्माणको काम गरिरहेको छ । २०७७ साल असोज १८ गते यो आयोजना सञ्चालन सम्झौता भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts