शिवालय मन्दिरमा स्थापित बिष्णुको मन्दिरको उद्घाटन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २७ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ४ नागेश्वर शिव मन्दिर परिसरमा स्थापित बिष्णुको मन्दिर सोमवार उद्घाटन गरिएको छ ।

लिटलबुद्ध आवासीय माविका प्रिन्सिपल समेत रहेका फुङलिङ नगरपालिका वडा नं ४ निवासी युवराज गिरी र प्रतिमा थापा गिरी दम्पतिले शिवालय मन्दिर व्यवस्थापन समितिसंग मिलेर बिष्णुको मन्दिर स्थापना गरी मूर्ति राखिदिनु भएको छ । जिल्ला न्यायाधीस प्रकाश राउत र प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले शिवालय मन्दिर परिसरमा निर्माण भएको बिष्णुको मन्दिरको उद्घाटन गर्नुभयो ।

गत असार २२ गते प्राण प्रतिष्ठा गरी सोमवार मन्दिरको औपचारिक उद्घाटन गरिएको हो । बैशाख अन्तिम साता उद्घाटन गर्नेगरी तय भएको भएपनि प्राविधिक समस्याका कारण उद्भघाटन कार्यक्रम केहि समय पछि गरिएको बताइएको छ । शिवालय मन्दिर व्यवस्थापन समितिका रामचन्द्र नेपालको अध्यक्षतामा भएको कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल,प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts