| |

मिक्वाखोलाको आगामी आवको बजेट साढे ३५ करोड रुपैयाँ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार १० ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट करिव साढे पैंतीस करोड रुपैयाँको रहने भएको छ । गाउँपालिकाको १३ औं गाउँसभामार्फत शुक्रबार सार्वजनिक गरिएको नीति कार्यक्रम तथा बजेटअनुसार मिक्वाखोला गाउँपालिकाको आगामी बजेट कुल ३५ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिका अध्यक्ष कार्कीले समृद्ध मिक्वाखोला बनाउनेमा जोड दिनुभएको छ ।
यस्तै गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले आगामी आवको बजेट सार्वजनिक गर्नुभएको थियो । उपाध्यक्ष लामाले सार्वजनिक गर्नुभएको बजेटअनुसार मिक्वाखोलाको चालूतर्फको बजेट सात करोड ६६ लाख ५७ हजार रुपैयाँ रहेको छ । यस्तै सम्पूर्ण विषयगत सशर्त अनुदानतर्फ ११ करोड ७९ लाख २३ हजार रुपैयाँ रहेको छ ।
विषेश अनुदानतर्फ ५० लाख, समपुरक बजेटमा तीन करोड ५० लाख, सामाजिक सुरक्षा अनुदान दुई करोड २० लाख, आथिएक विकासतर्फ कुल एक करोड सात लाख १९ हजार ५५० रुपैयाँ रहेको छ ।
त्यस्तै सामाजिक विकासतर्फ एक करोड ७६ लाख ४७ हजार ८५० रुपैयाँ, पूर्वाधार विकासतर्फ चार करोड ४१ लाख ४९ हजार ६०० रुपैयाँ, वन, वातावरण विपद् व्यवस्थापनतर्फ १५ लाख रुपैयाँ, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ११ लाख तीन हजार र समपुरक कोषतर्फ दुई करोड ३० लाख रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts